एसपी रिपोर्टर
जनकपुरधाम, असोज २६ : लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट महिन्द्रराय यादव आधिकारिक उम्मेदवार भएको गठबन्धनले प्रष्ट पारेको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर बिनै बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पार्नुभएको हो ।
यादव डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष तथा शिर्ष नेता हुन । सर्लाही २ मा लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार हुनुहुन्छ । उनले प्रदेशमा कांग्रेसका चर्चित नेता जंगीलाल यादव र अर्को प्रदेश क्षेत्रमा लोसपालाई उम्म्ेदवार बनाएर उम्मेदवारी दिएका छन् । चारदलीय गठबन्धन र लोसपाबीच मधेश प्रदेशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको थियो ।
सत्तारुढ गठबन्धनको यो निर्णयसँगै महतो आफनै बलबुतामा उम्मेदवार हुने भएका छन् । त्यस्तै, प्रदेशसभा तर्फ सर्लाही २ (क) मा सुनिल साह र (ख) मा कौशलकिशोर यादव आधिकारिक उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ ।