एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ : धनुषा क्षेत्र नं. २ मा जसपाका प्रतिनिधीसभा उम्मेदवार गंगाराम यादव मनोनयन दर्ताको तयारीमा छन् । २०७० सालको निर्वाचनमा तामझामका साथ मनोनयन गर्न जाँदा मतदाता नामावलीमा उनको नाम नै गायव भएको थियो तर उनी यसपालि सम्पुर्ण तयारीका साथ लागेका छन् ।
जानकी मन्दिर गएर दर्शन गर्छु अनि त्यसपछि मनोनयनका लागि निस्कन्छु उनले भने, ‘जन्मसिद्वका सन्तान नागरिकताको अभावमा छटपटाइरहेको देखेर दु:ख लाग्यो अनि एमाले छोडेको हुँ, मलाई विश्वास छ, जनताले न्याय गर्नेछ ।’ क्षेत्रमा जनताको माया र स्नेह देखेर उत्साहित रहेको हर्ष व्यक्त गर्दै गंगाराम जसपाले आफनो लागि लडेकोमा खुसी व्यक्त गरेका छन् ।
४० वर्षको पार्टीले मुल्याङ्कन गरेन उनले भने, ‘तर केहि दिन अगाडि मात्र प्रवेश गरेको जसपाले मेरो लागि लडयो मलाई खुसी छ’ । जनताको निर्णय सर्वोपरि हुने भन्दै उनले यसपालिको निर्वाचन मधेशको भाग्य कोर्ने बताए ।