एसपी रिपोर्टर
जनकपुरधाम, असोज २२ : दुवै गठबन्धनको भागबण्डा लगभय तय भएसंगै धनुषा निर्वाचन क्षेत्र नं. १ मा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । पाँच दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पुर्वमन्त्री मातृका प्रसाद यादव उम्मेदवार भएका छन भने उनका विरुद्व एमाले र जसपा गठबन्धनबाट जसपाका दिपक कार्की उम्मेदवार हुने भएका छन् ।
सो क्षेत्रमा तेस्रो उम्मेदवारका रुपमा किशोरी साह कमल समेत मैदानमा उत्रने तयारी गरिरहेका छन् । क्षेत्रको प्रदेशसभा ‘क’ बाट निर्वाचित वर्तमान प्रदेश सांसद समेत रहेका कमललाई एमालेले प्रदेशमा समेत टिकट नदिएपछि उनी स्वतन्त्र नभए जनमत पार्टीबाट उम्मेदवार हुने तयारी थालेका छन् ।
एसपी खवरसंगको कुराकानीमा कमलले भने, ‘एमाले एक्लै पनि तिनवटै सिट जित्न सक्ने क्षेत्र अवस्थामामा अप्रत्यासित रुपमा भएको नयाँ गठबन्धनले साथीहरु अच्चमभ्ति छन, त्यसैले जनताको इच्छा र दबाब अनुसार प्रतिनिधीसभा तर्फ जनतामा जाने तयारीमा लागेको छु ।’ उनलाई जनमत पार्टीले टिकट लिन आग्रह गरिरहेको भएपनि उनी जनमत कि स्वतन्त्र ? भन्ने कुराको तय गर्न छलफलमा रहेको बताइन्छ । उनी चुनाव लडने मनस्थिती भने बनाइसकेका छन् ।