एसपी रिपोर्टर
जनकपुरधाम, असोज २१ : मधेश प्रदेश प्रदेशको सभामुख सरोज कुमार यादवले आफनो लगभग पाँच वर्षको कार्यकालको प्रगती विवरण प्रस्तुत गर्न शुक्रवार सांसदहरुलाई खानाको समेत व्यवस्था गरि बोलाएका रहेछन तर सांसदहरु टिकट लिने दौडमा यति व्यस्त छन कि सभामुखको तयारी ज्यूको त्यू खेर गएको छ ।
लगभग पाँच वर्षको कार्यकालमा प्रदेशले पाएको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय गर्ने कार्यमा पनि आफनो अहम र नेतृत्वदायी भुमिका रहेको सभामुख यादवको दावी छ । यादवले दलहरुले नचाहदा चाहदै पनि आफुले हरेक दलका नेताहरु संग निर्णायक छलफल गरि निश्कर्ष लगाएको दावी गरेका छन् ।

हाल सम्म सभामा ६१ विद्ययेक दर्ता भएकोमा ५५ वटा विद्ययेक पारित भई प्रदेश प्रमुखहरुबाट प्रमाणिकरण समेत भइसकेकोमा छ जानकारी गराइएको छ । विचाराधिन छ वटा विद्ययेक मध्ये पाँच वटा विद्ययेक विभिन्न समितिमा छलफल भई प्रतिवेदन पेश गर्ने अवस्था रहदै गर्दा ९ औं अधिवेशन सम्पन्न भएपछि निर्णायार्थ प्रस्तुत हुन नसकेको र एक विद्ययेक प्रस्तुतकर्ताले नै प्रस्तुत नगरेपछि फिर्ता भएको सभामुखको प्रतिवेदनमा उल्लेख छ ।
हाल सम्म भएको कुल २२८ बैठकमा सबै भन्दा बढि बैठकमा उपस्थित हुने पाँच सांसदहरुमा बच्चा राउत अहिर २१८, प्रमिला देवी दास २१३, बबिता कुमारी २१२, अशोक कुमार यादव २१० र गौरि नारायण साह २१० बैठकमा उपस्थित भएका छन् । साथै सो बैठक अवधीमा शिवचन्द्र चौधरी १४०, परमेश्वर साह १०१, ज्ञानेन्द्र यादव ९०, रामअशिष यादव ८० र सुन्दर बहादुर विश्वकर्मा ८० पटक आफना भनाईहरु राखेको बताइएको छ ।
सभामुखले सो प्रगती विवरण सार्वजानिकिरणमा सांसदहरुलाई खाना खुवाउने गरि बोलाएका रहेछन तर सांसदहरु आसन्न चुनावको टिकटमा यति व्यस्त देखिए कि पाँच वर्षको सहयात्री सभामुको आमन्त्रणलाई कुनै महत्व दिएनन । सभामुखले टेन्ट बनाएर गरेको सम्पुण व्यवस्थापन सांसदहरुको न्युन उपस्थितीका कारण खेर गएको छ ।

सांसदहरु अनुपस्थित भएपछि उपसभामुख निरुपमा देव, कार्यवाहक सचिव सहित उपस्थित केहि सांसदहरुलाई राखेर सभामुखले एक कोठा भित्र आफनो पाँच वर्षे प्रगती विवरण सार्वजानिक गरेको छ । उपस्थित सांसदहरुले प्रदेशसभाको कार्यकाल र उपलब्धीलाई विभिन्न किशिमले समिक्षा गरेका छन् ।
२०७४ मसिंर १० र २१ गते दुई चरणमा भएको संघ र प्रदेशसभाको निर्वाचनवाट निर्वाचित सांसदहरुको २०७४ माघ ७ गते सपथ ग्रहण भएपछि २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । पाँच वर्षमा ९ वटा अधिवेशनहरु भएकोमा २ सय २८ बैठक भएको र सो बैठकहरु ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड चलेको प्रदेशसभाले जनाएको छ ।