एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ : मधेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको दुई वर्ष नपुग्दै एमडि र एमएस अध्यापनको अनुमति पाएको छ । प्रतिष्ठानको निवेदनमा नियामक निकाय नेपाल सरकारको चिकित्सा शिक्षा आयोगबाट स्थलगत अनुगमन, विशेषज्ञहरुको राय सहित सम्पुर्ण मापदण्ड पुरा भएको सहितका सम्पुर्ण प्रक्रिया पश्चात प्रतिष्ठानलाई एमडि एमएस पढाईका लागि स्वीकृत प्रदान गरिएको प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साहले बताएका छन् ।
उपकुलपती डा. साहका अनुसार स्त्री तथा प्रसुती रोग तर्फ २ सिट र बालरोग तर्फ एक सिट गरि कुल तिन सिटमा एमडि एमएस अध्यापनको स्वीकृती पाएको छ । साहले एमडि एमएस अध्यापनको अनुमती प्राप्तीसंगै प्रतिष्ठान स्थापनाको पाँच वर्षिय योजनाहरुमा दुई वर्ष पुरा नहुदै सवै लक्ष्य प्राप्ती भइसकेको भन्दै खुसी व्यक्त गरेका छन् ।
उपचार सेवा, चिकित्सा शिक्षाको व्यवस्थान, भौतीक संरचना सहितको अधिकांश कामहरु प्रतिष्ठानले स्थापनाको दुई वर्षमै पुरा गरेको समेत साहले बताए ।