एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ : मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशको खेलकुदको विकास गर्न नसकेकोमा क्षमा मागेका छन् । गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कातिक ३ गते सम्म हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ को ट्रफि टुरका क्रममा ट्रफीलाई जनकपुरधामको जानकी मन्दिरमा अनावरण गर्दै मुख्यमन्त्री राउतले भौतीक संरचनाको अभाव, समयमै खेलकुद मन्त्रालयको छुटै गठन नहुनु, कर्मचारीको अभाव हुनु सहितका कारणले मधेशको विरासत खेलकुदको विकास गर्न नसकेको स्वीकार गरेका छन् ।
मुख्यमन्त्री राउतले नेपालमा खेलकुदको हरेक खेल र खेलाडीको जन्म अधिकांश हालको मधेशकै भएको भएपनि मधेशको खेलकुद र खेलाडीको हित हुन नसकेको भन्दै खेलाडीको सम्मानपुर्वक जिवन जिउन पाउनु पर्ने जिम्म राज्यले लिनुपर्ने बताएका छन् । जिवनको उर्वर समय खेलकुदका माध्यमले देशको लागि सुम्पिने खेलाडीहरुको खेल पश्चातको वाँकी जिवनको जिम्मा राज्ले लिनुपर्ने उनको तर्क थियो
। कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डलेले भगवान राम र जानकीको विवाह पनि धनुष तोड्न सक्ने एक प्रकारको खेलबाटै निश्कर्ष लागेको स्मरण गराउदै समतल र प्रयाप्त जमिन रहेपनि मधेशको खेलकुदको विकास हुन सक्नु दु:खद रहेको बताएका थिए ।
ट्रफी लिएर जनकपुरधाम आएका तेकान्दो ओलम्पियन लेखाडी दिपक विष्ट, अरुणा साहि, मिरा राय सहितकालाई मधेश प्रदेश सरकारका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले स्वागत गरेका थिए । मन्त्री र मुख्यमन्त्रीले संयुक्त रुपमा ट्रफीको अनावरण समेत गरेका थिए । हरेक प्रदेश र विभागिय टोली पुग्दै मधेश प्रदेश आइपुगेको ट्रफीलाई अव काठमाण्डौं पुरयाएर दशै पछि प्रतियोगीता स्थल पोखरा पुर्याइने छ ।