एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : नेकपा एमालेका बयोवृद्व नेता समाजसेवी गंगाराम यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्न लागेका छन् । धनुषाको क्षेत्र नं. २ मा राम्रो पकड रहेका नेता यादवलाई जसपा नेपालले प्रतिनिधीसभा सदस्यमा उम्मेदवार बनाउन प्रवेश गराउन लागेको बताइएको छ । यस अघि जसपामा प्रवेश गरेकाले सो क्षेत्रमा जसपाको उम्मेदवार बलराम महतो हुने चर्चा रहेको थियो ।
गठबन्धनका उम्मेदवार महतो हुने भएपछि लोसपाका उमाशंकर अरगरिया एमाले प्रवेश गरेका थिए । सो क्षेत्रमा महतोलाई हराउन लोसपा प्रयाप्त नरहेको निश्कर्ष सहित एमालेमा गए सहज हुने मनशालयले उनी एमाले प्रवेश गरेका छन् तर जसपाले सो क्षेत्रका अनुभवी एमालेकर्मी यादवलाई क्याच गर्न सफल भएका छन् । आजै पत्रकार सम्मेलन गरि यादव जसपा प्रवेश गर्दैछन् । त्यसैगरि १२ गते जसपा अध्यक्ष उपेन्द्र यादवले क्षेत्रको यदुकोहामा यादवलाई एक सभाका बिच औपचारिक प्रवेश गराउने कार्यक्रम तय भएको छ ।
एसपी खवरको प्रश्नमा यादवले एमालेले सहि समयमा पनि मेरो मुल्याङ्कन गर्न नसकेपछि जनताको चाहना अनुसार विकल्प राजेको बताएका छन् । म संग जनता हुँदा हुदै पटक पटक विभिन्न षडयन्त्र हुँदा पनि म पार्टीको लाइनमा अडिग रहे उनले भने, ‘तर अहिले सहि समयमा फेरी पार्टी गलत बाटो लागेपछि जनताको निराशा देख्दै यो निर्णयमा पुगेको छु ।