एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ : नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली शनिवार आउने धनुषाको तिनकौरिया बजारमा नेकपा माओवादी केन्द्रले मशाल जुलुस प्रदर्शन गरेको छ । हातहातमा मशाल बालेका उनीहरु राष्ट्रपति विद्या देवी भण्डारी विरुद्व नारावाजी गरेका थिए ।
केपि ओलीको ईशारामा चल्ने राष्ट्रपति विद्या भण्डारी मुर्दावाद सहितका नारा उनीहरुले लगाएका छन् । हातबाट प्रहरीले मशाल खोस्न चाहेपनि केहि वेर तनाव समेत भएको छ । मशाल जुलुसमा माओवादी केन्द्रका प्रदेश र जिल्लाका नेताहरुको बाक्लो उपस्थिती देखिएको छ ।

शनिवार सोहि बजारमा लोसपाका सचेतक तथा सांसद उमाशंकर अरगरिया सहितकालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आउन लागेका हुन । मशाल जुलुस प्रदर्शनमा माओवादीका नेताहरु दिपक यादव, उदय बरबरिया सहितको उपस्थिती रहेको छ ।