एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ७ः जनकपुरधाम निवासी अरनिको स्टुडियोमा कार्यरत कल्याण कुमार कर्ण फेसबुकमा लाइभ आएर गहभरि आँसु सहित भकानिए । एसपी खवरले उनको सो लाईभ गम्भिरता पुर्वक हेर्यो । सुरुमा आफुलाई हदै सम्म सम्भालेर कदमचौकका प्रहरीले बिना कारण निर्घात कुटपिट गरेको शरिरका विभिन्न डामहरु देखाएका कर्ण पछि आफुलाई सम्हाल्न सकेन र गहभरि आँसु झार्दै रोए ।
उनको तर्क सुन्दा उनी विहान तरकारी लिएर फर्किदै थिए । धनुषा प्रशासनले विहान पाँचबजे देखि बेलुकी चारबजे सम्म अतिआवयश्क सर समान किन्न भनेकाले उनी विहानै तरकारी लिएर फर्किदै थिए । कदमचौकमा कुनै भिडभाड थिएन । प्रहरी पनि केहि मात्र थिए । उनलाई रोकेर कहाँवाट आएको भनेर एक प्रहरीले सोधे । तरकारी देखाएका कर्णलाई प्रहरीले ल ल जा भनेपछि साइकल चढेर कर्ण जान थालेका थिए अर्का प्रहरीले कहाँवाट किन गा को ? भन्दै फेरी सोधे उनले तरकारी देखाए । तर ति प्रहरीले धमाधम लठ्ठी प्रहार गर्न थालेको उनको भनाई छ । कर्णको खुट्टा, हतकेला, हात सहित शरिरको विभिन्न ठाँउमा डामै डाम देख्न सकिन्छ ।
लकडाउन सर्वसधारणका लागि पनि कुनै हिसावले प्रिय होइन । तर खाना बिना कोहि पनि बाच्न सक्दैन । जति सुकै आपत आएपनि पेटको मांग कसैले रोक्न सक्दैन । तर केहि प्रहरी जवानका कारण सम्पुर्ण प्रहरी संगठन बदमान र अमानवियताको आरोप खेप्न बाध्य छन् । केहि प्रहरी जवान भित्र रहेको उनको व्यक्तिगत आक्रोस स्थानिय उपर व्यक्त गरेपछि प्रहरी संगठन माथी प्रश्न चिन्ह खडा भएको छ । तर्सथ नचाहेर पनि बाध्यतावस लकडाउनमा सर समान किन्न निसक्ने सर्वसधारणहरुलाई आवयश्क सोधपुछ गरि उनको जवाफ अनुसार प्रहरीले प्रतिक्रिया जनाउनु पदर्छ ।
यसरी लाइभमा भकानिए पिडित कर्ण