एसपी रिपार्टर
जनकपुरधाम, भदौ ३० : जनकपुरधामको प्रादेशिक अस्पतालमा अत्याधुनिक मडुलर अपरेशन थिएटरको समुदघाटन गरिएको छ । विहिवार एक कार्यक्रममा बिच मधेश प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा सो मडुलर ओटीको समुदघाटन गरेका छन् ।
ओटीको समुदघाटन गर्दै मन्त्री साहले मधेश प्रदेश सरकार प्रदेशको हरेक अस्पतालमा उपचार पद्वतीका लागि आवश्यक अत्याधुनिक सम्पुर्ण उपकरण र सुविधा उपलब्धताका लागि तत्पर रहेको बताए । मन्त्री साहले सरकारले उपकरण, पुर्वाधार पुरा गरेर मात्र नहुने भन्दै अस्पतालहरुले त्यसको प्रयोग र सदुपयोगका लागि दक्ष जनशक्तिको व्यवस्था र सो सुविधाको सहि सदुपयोग गर्न सक्नु पर्ने बताएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साहले मडुलर ओटीको व्यवस्थापन पछि मुटु, मस्तिष्क, स्पाइन सर्जरी सहितका संवेदनशिल शाल्यक्रियाहरु सहज र सुरक्षित तरिकाले हुन सक्ने बताए ।
उदघाटन गरिएको मडुलर ओटीमा हरेक घण्टा छ जना सम्मको अपरेशन हुन सक्ने बताइएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रादेशिक अस्पताल जनकपुरधामलाई जनशक्ति, पुर्वाधार तथा उपकरणको व्यवस्थापन गरिरहेको छ । मडुलर ओटी जनकपुरधाममै पहिलो पटक सञ्चालनमा आएको दावी गरिएको छ ।