एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २९ : पाँच दलिय गठबन्धनको बैठकमा दलहरुले देशै भरिका प्रतिनिधीसभा क्षेत्रहरुमा आ–आफनो दावी प्रस्तुत गरेका छन् । कतिपय क्षेत्रमा कुनै एक दललाई छोडने भन्दै सहमती जुटेको छ भने अधिकांश क्षेत्रमा दुई देखि चारवटै दल सम्मको दावी परेको छ । मधेशका ३२ प्रतिनिधीसभा सिटहरुमा पनि कुनै कुनैमा एकल दावी र सहमती देखिएको छ भने अधिकांशमा कांग्रेस र जसपा तथा माओवादीको दावी छ ।
सप्तरी
सप्तरीमा एक क्षेत्रमा मात्र विवाद छ भने तिन सिटमा सहमती जुटेको छ । जिल्लाको क्षेत्र १ मा कांग्रेस र जसपाको दाबी छ भने २ र ३ जसपा तथा ४ कांग्रेसले लिने सहमति भएको छ ।
सिरहा
सिरहाको दुई क्षेत्रमा सहमती भएको छ । १ मा कांग्रेस र ४ मा जसपालाई दिन दलहरु सहमत छन् भने २ मा कांग्रेस, जसपा र एकीकृत समाजवादी तिनवटैको दावी छ भने क्षेत्र नं. ३ मा कांग्रेस, माओवादी र जसपाको पनि दाबी छ ।
धनुषा
धनुषाको क्षेत्र नं. ४ कांग्रेसले पाउने सहमती भएको छ । १ मा माओवादी र जसपा, २ र ३ मा कांग्रेस र जसपा दुबैले दावी गरिरहेको छ ।
महोतरीमा जुटयो सहमती
महोत्तरीमा लगभग सहमती जुटेको देखिन्छ । क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ ।
सर्लाही
सर्लाहीको १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको दावी छ ।
रौतहट
रौतहटको क्षेत्र नम्बर १ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् भने क्षेत्र नम्बर ४ मा कांग्रेसको मात्र दाबी छ । बाँकी २ क्षेत्रमा भने तीन–तीन दलको दाबी छ । २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।
बारा
बारा क्षेत्र नम्बर १ कांग्रेस, २ जसपाले लिने सहमति भएको छ । ३ मा कांग्रेस र जसपा तथा ४ मा माओवादीसँगै एकीकृत समाजवादी र जसपाको पनि दाबी छ ।
पर्सामा झमेला
पर्सामा कुनै सहमति जुटेको छैन । कांग्रेसले १, २ र ४ मा दाबी गरेको छ भने जसपाले ४ वटै क्षेत्रमा दाबी गरेको छ । माओवादी र एकीकृत समाजवादीका नेताहरुले भने एक–एक सिट आफ्नो दलले पाउनुपर्ने मत राखेका छन् ।
अनलाइन खवर डटकमको सहयोगमा