एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २९ : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनितिक दल र गलत राजनितिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन् । जनकपुरधाममा बुधवार ईएलएमएस आयोजना गरेको श्रम बजार सुचना कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नेपालमा उद्योग धन्दा फस्टाउन नसक्नुमा राजनितिक दल र त्यसका मजदुर तथा टे«ड युनियन संगठनहरुको हस्तक्षेपकारी भुमिका पनि मुख्य कारण रहेको बताएका छन् ।
मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नितीका कारण उद्योगी व्यवसायीहरु लगानि गर्न हिचकिचाई रहेको बताए । उद्योग स्थापना र दर्ता प्रक्रिया समेत असहज हुनु काम अनुसारको योग्य म्यानपावरको अभाव हुनु नेपालको उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उनको जिकिर छ ।
मुख्यमन्त्री राउतले सिटिईभिटीले अव नर्श, अहेव, ओभरसियर भन्दा पनि कृषि, उद्योग सहितका नेपालका लागि अति आवश्यक क्षेत्रका लागि चाहिने उचित म्यानपावरका कोर्षहरु पढाउनु पर्ने बताए । कार्यक्रममा मधेश सरकारका उद्योग मन्त्री सत्रुधन महतोले मधेशको विकासका लागि निर्माण, कृषि, पर्यटन, उद्योग सहितका क्षेत्रका लागि चाहिने दक्षजनशक्ती आपुर्तीका लागि विभिन्न निकाय मिलेर एक बजार केन्द्र खोल्नु पर्ने बताए ।

कार्यक्रममा जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहले कृषि, पर्यटन, उत्पादन र श्रमका लागि जनशक्ति सहितको स्रोतहरु सदुपयोग गर्न सकिए देशको विकास र समृद्वि सहज हुने बताए । जनकपुरधाम उमहानगरपालिकाका प्रमुख मनोज कुमार साह तथा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले जनशक्तिको अभावमा रोजगारको आधार तयार नहुने बताउदै दक्ष जनशक्तिका लागि पाठयक्रम र उचित तालिमहरुमा जोड दिनु पर्ने र तिनै तहको सरकारबिच समन्वय हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, सिटिईभिटी, उद्योगी सहितका प्रतिनिधीहरुको उपस्थिती रहेको छ । कार्यक्रममा महासंघ सहित अन्थ थप चारवटा विभिन्न संघसंस्थाहरुको समन्वय रहेको बताइएको छ ।