एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २८ : जसपा नेपालमा प्रवेश गरेका पुर्व निर्माण व्यवसायी तथा समाजसेवी बलराम महतो धनुषा निर्वाचन क्षेत्र नं. २ मा सक्रिय हुन थालेका छन् । क्षेत्रको कमला नगरपालिकाको वडा नं. ७ हतमुन्डामा आयोजित कार्यक्रता भेटघाट कार्यक्रममा महतोले ग्रामिन जनता माझ आफनो परिचय मात्र दिएनन सो क्षेत्रका लागि आफनो योजना र उम्मेदवारीको उद्देश्य समेत सुनाएका छन् । यद्यपि उनले पार्टीको निर्णय अनुसार आफु अगाडि बढने बताए ।
अव राजनितिका धुरफन्दी कुरा गरेर मात्र हुदैन समाजलाई विकास चाहिएको छ उनले भने, ‘क्षेत्र नं. २ मा त झन विकास, आधुनिकता र समृद्विको खाँचो छ ।’ जसपा नेपालका धनुषा अध्यक्ष पशुपती यादवलाई छेउमै राखेर उनले क्षेत्रमा आफु नयाँ भएपनि विकास निर्माणका मामिलामा अनुभवि रहेको बताउदै आफनो आगमनले कसैलाई पनि बेफाइदा नहुने जिकिर गरेका छन् ।

उनले भने, ‘गठबन्धनमा मेरो पार्टीको भागमा यो क्षेत्र परयो भने न म लडने हो ? तर अहिले देखिनै विरोधाभासको राजनिति नगर्न म गठबन्धनका साथीहरुलाई आग्रह गर्दछु र र त्यसमा नपर्न म आम जनतालाई आग्रह गर्दछु ।’ आफु निस्वार्थ रुपमा विकासका लागि मात्र आएकाले आफनो सदुपयोग गर्न उनले स्थानियलाई आग्रह गरेका छन् । स्थानियहरुले आफुहरुले धेरै नेता देखेको, सुनेको र बुझेको भन्दै अव नेता भन्दा पनि विकास मात्र खोजेको बताएका थिए ।

महतो जसपाका साथै पार्टीको विभिन्न भाृत तथा शुभेच्छुक संगठनहरुको विभिन्न गतिविधीहरुमा सक्रिय रुपमा सहभागिता जनाइरहेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका महतो राजनितिमा लोकप्रिय र सम्मानजन स्थान बनाएपछि उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले सो क्षेत्रमा प्रतिनिधीसभा सांसदको उम्मेदवार बनाउने योजनाका साथ पार्टी भित्रयाएका हुन ।