एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २८ : चुनाव नजिकिदै जाँदा नेतृत्वले पाखा लगाउन खोज्ने नेताहरुमा आक्रोस समेत बढदै गएको छ । मंगलवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका संघिय सांसद देशको शिर्षनेताहरु प्रति एति खनिए कि आक्रोसको कुनै सिमा थिएन ।
नेपाली कांग्रेसका नेता तथा सांसद् डाक्टर अमरेशकुमार सिंहले देश राजनिति दलको कब्जामा, दल गुटको कब्जामा र गुट माफियाहरुको कब्जामा रहेको बताएका छन् । जनकपुरधाममा मंगलबार नेपाल कानुन समाजले गरेको कानुन निर्माणमा संघीय संसदको योगदान: चुनौती विषयको अन्तक्रिया कार्यक्रममा नेता डाक्टर सिंहले नेपालका सबै दलका नेतृत्वकर्ता नेता (दलपति) माफियाको कब्जामा रहेको बताए ।
नेता सिंहले नेताहरूको उमेर, शिक्षा र पृष्ठभूमि तय नगरिएका देशको विकास हुनै नसक्ने बताए । नेपालमा राजनीति गर्नेहरूको उमेर तय नगरिएको, शिक्षा तय नगरिएको र पृष्ठभूमि तय नगरिएको प्रति असन्तुष्टि जनाउँदै यस्तो देशको भविष्य उज्जवल हुनै नसक्ने उनको तर्क थियो ।
उनले जानकी जीको नगरि जनकपुरधाममा आफु बोलिरहेको भन्दै यो देशको कल्याण भगवानले समेत गर्न नसक्ने जिकिर गरेका छन् । उनले वर्तमान संसद इतिहाँसकै सबै भन्दा कमजोर रहेको दावी गर्दै यस्तो संसदमा त्यती सांसद जिताउनु भन्दा ओली, देउवा र प्रचण्ड तिनजनालाई मात्र जिताए राजनिति कोरम पुग्ने बताए ।
नेता सिंहले नेपालमा राजनीतिप्रति अत्यधिक आकर्षण बढेप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले एक प्रतिशतभन्दा बढी जनता राजनीतिमा लागेकाले देशको विकास हुन नसकेको पनि बताउनुभयो । नेता सिंहले मधेश सरकारको कामप्रति पनि असन्तुष्टि जनाउनुभयो । सरकारी पैसा लुट्ने उद्देश्यले पोखरी सौन्दर्यीकरण, मन्दिर निर्माणलगायत भौतिक संरचना निर्माणका काममा मधेश सरकार बढी केन्द्रित हुनेगरेको उहाँको आरोप छ ।
नेता सिंहले मधेश सरकारले आफ्नो परिवारतथा कार्यकर्तालाई सरकारी सम्पति बाड्ने कामबाट बढी सक्रिय रहेकासमेत आरोप लगाउनुभयो । उहाँले मधेशमा जातिवाद हाबी भएको भन्दै काठमाडौंमा आफूलाई मधेशी भन्नेहरू मधेश झरेपछि जातजातिका नाममा चिनाउने गरेको बताउनुभएको थियो । लोसपाका नेता अनिल झाले मेरो सांसद के गरिरहेको छ ? संसदमा उपस्थित छ कि छैन कति समय दिन्छ भन्ने कुरामा जनता जनता चनाखो नभएको बताए ।
सांसदहरुको गाडीको लस्कर प्रतिनिधीसभा प्राङ्गणमा हुन्छ तर बैठकमा सभामुख सहित केहि मात्र सांसद हुन्छ वाँकी अन्य काममा र व्यापारमा व्यस्त हुने गरेको उनको भनाई थियो । नेताहरुको कुरा सुन्दा उनिहरु चाहेर पनि वर्तमान संसदबाट केहि गर्न नसकेको उनकै भनाईले स्पष्ट हुन्छ । पाँच वर्षको कार्यकालमा उनीहरु भत्ता पकाउनु भन्दा बाहेक केहि पनि गर्न नसकेको उनीहरुकै भनाईले स्पष्ट हुन्छ ।