एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : एमाले अध्यक्ष केपि शर्मा ओलीले मधेशको राजधानी जनकपुरधाम समेत पर्ने धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा यसपालि सुर्य छापकै एमाले उम्मेदवार रहने स्पष्ट गरेका छन् । यसले यहाँ वर्तमान निर्वाचित लोसपाका वरिष्ठ नेता सांसद राजेन्द्र महतोलाई एमालेले सहयोग गर्ने सम्भावनाको अन्त्य भएको संकेत गरेको छ ।
ओलीले भने, ‘यो धनुषा ३ मा एमालेको आफनै उम्मेदवार हुनेमा ढुक्क रहनोस कुनै एताउती हुन्न, उम्मेदवार को हुने भन्ने कुरा पनि यहाँहरु सबैलाई थाहै छ मैले भन्नु पर्दैन ।’ ओलीले यसो भनि रहँदा सहभागिबाट जुली महतो भन्ने आवाज कराइएको थियो भने नेतृ महतो मुसुमुसु हासिरहेकी थिइन ।
कांग्रेस छाडेका सन्तोषको पिडादायी भाषण

एता सोहि अवसरमा कांग्रेस छोडेर एमाले प्रवेशका गरेका कांग्रेसका युवा नेता सन्तोष यादवले पान र चिया पसलमा थुक फेक्दै जथाभावी विश्लेषण गरेर पार्टी नचल्ने बताउदै कांग्रेस पार्टी अव विकाउ र टिकट बेचुवा पार्टी भइसकेको आरोप लगाएका छन् । उनले भने, ‘देउवा दाजु तपाँईको पार्टी र गठबन्धमा बिचार, सिद्वान्त केहि पनि रहेन ।’
पानी खाँदै भावुक भाषण गरेका उनले आफु माथी बिश्वास गर्न एमालेका नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् । म काम गर्ने मान्छे हो, उनले भने, ‘मलाई सदुपयोग गर्नोस परिणाम देख्ने गरि काम गरेर देखाउछु ।’ सन्तोष बोलिरहँदा ताली बजिरहेको थियो । स्पष्ट बिचारधारा र क्लियरकट अडान भएका नेता केपि शर्मा ओलीको कामले आफु प्रभावित भएर एमाले रोजेको उनले बताए ।

ओलीलाई २ सय ५ किलोको माला र जानकी मन्दिर उपहार
नेकपा एमाले नगरकमिटि जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी नेतृत्वको समुहले ओलीलाई २ सय ५ किलोको फुलमालाले स्वागत गरेको छ भन्ने जानकी मन्दिरको प्रतिमा उपहार प्रदान गरेको छ । सभा पश्चात उनी जानकी मन्दिर पुगेर पुजापाठ र दर्शन समेत गर्दै काठमाण्डौं फर्किएका छन् ।