एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले एमाले नागरिकता विद्ययेकको विरोधमा नरहेको भन्दै जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विद्ययेक भोली नै संसदमा पेश गर्न सरकारलाई चुनौती दिएका छन् । जनकपुरधामको एतिहाँसिक तिरहुतिया गाछी मैदानमा नेकपा धनुषाले आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन सरकारले जन्मसिद्व नेपाली नागरिकको हितमा भोली नै विद्ययेक ल्याइए एमालेले मतदान गर्ने बताएका छन् ।
एमालेलाई मधेश विराधी प्रचार गरेर मधेशको मत बटुल्ने कांग्रेस, मधेशीदल र माओवादीको योजना यसपालि असफल हुने उनले बताए । गठबन्धन विकास, समृद्वि र जनताको हितका लागि नभई पार्टी टिकाउन, सरकार बनाउन र पैसा कमाउन मात्र रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै एमाले नेता अग्नि खरेलले एमालेको प्रधानमन्त्रीको एक मात्र उम्मेदवार अध्यक्ष ओली रहेको बताउदै गठबन्धनको प्रधानमन्त्री को ? बताउन चुनौती दिएका छन् । एमालेका सचिव रघुविर महासेठ तथा नेतृ जुली महतोले नेकपा एमालेलाई बिश्वास नगरेकै कारण मधेश पिछडिएको बताउदै ओली नेतृत्वको सरकारले गरेको र गर्न चाहेको विकासको कामहरुको मुल्याङ्कन गरि अगामि चुनावमा मतदान गर्न आग्रह गरेका छन् ।
ओलीले अगामि असोज ८ गते धनुषाको क्षेत्र नं. २ मा हजारौ हजार नेता कार्यक्रताको प्रवेशमा पुन: आउने बताउदै आज जनकपुरधाममा जसपाका प्रतिनिधीसभा सांसद रुहिना खातुन, जसपाकी प्रदेशसभा सदस्य अञ्जु कुमारी यादव, पुर्व राज्य मन्त्री लोसपाका नेता अरविन्द साह र नेपाली कांग्रेस धनुषाका सभापतीमा पराजित सन्तोष यादव सहित हजारौलाई पार्टीमा स्वागत गरेका छन् ।