एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २५ : रौनियार समुदायबाट एसईई उतिर्ण गरेका करिव दुई दर्जन छात्रछात्राहरुलाई सम्मानित गरिएको छ । वैश्य समुदाय भित्रको अल्पसंख्यक र पिछडिएको रौनियार समुदायबाट गत एसईई परिक्षामा सहभागि भएका २०७८ ब्याचका उर्तिण छात्रछात्राहरुलाई जनकपुरधाम स्थित रौनियार सेवा समिति र रौनियार युवा मञ्चेले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
कार्यक्रमका संयोजक रौनियार युवा मञ्चका कृष्ण साह गुप्ता र रवि कुमार गुप्ताले कुल २३ जना छात्रछात्रा सम्मानित भएको बताए । रौनियार जातीका अगुवाहरुले एसईई उतिर्ण स्वजाती छात्रछात्राहरुलाई शिक्षाको महत्व बुझन र उच्च शिक्षाका क्रममा गलनशिल भएर शिक्षा आर्जन गर्न आग्रह गरेका छन् ।
वक्ताहरुले उच्च शिक्षाका क्रममा कम्तिमा स्नातक सम्मको शिक्षा लगनशिल र गम्भिरता पुर्वक आर्जन गरे मात्र भविष्य उज्जवल हुने बताए । बुवा, आमा र परिवारजनाको मात्र नभई जाती, समुदाय र समाज तथा देशकै प्रतिष्ठा बन्न समेत विद्यार्थी जिवनमा मात्र शिक्षा आर्जनमा केन्द्रित हुनपर्ने सुझाव दिएका थिए । समारोहलाई रौनियार सेवा समितिका अध्यक्ष रामप्रताप साह, रौनियार युवा मञ्चका अध्यक्ष सन्तोष गुप्ता लगायतकाले सम्बोधन गरेका थिए ।