एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : नेपाली कांग्रेसका नेताहरुले कांग्रेसले समाजवाद र समानताको बाटो छोडेकाले अहिले यस्तो अवस्था आएको बताएका छन् । पार्टीको धनुषा समितिले जनकपुरधाममा आयोजना गरेको कांग्रेसका संस्थापक विपी कोइरालाको १०९ औं जन्म जयन्ती तथा जनताको साथमा कांग्रेस अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता तथा मधेश सरकारका मन्त्री रामसरोज यादवले अहिले हरेक दलले समाजवाद उन्मुख भनेपनि समाजवाद के हो ? थाहा नरहेको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका धनुषा सभापती योगेन्द्र पजियारले कांग्रेसीजनमा सरकारमा कसरी जाने ? सत्ता प्राप्ती कसरी हुन्छ ? भन्ने सोचको विकास भएको र विपी कोइरालाको मार्ग र सिद्वान्त छाडेकाले गठबन्धन र अरुको भरमा बस्न परेको बताए ।
कार्यक्रममा अयिभानका लागि धनुषामा खटाइएकी केन्द्रिय प्रतिनिधी तथा केन्द्रिय सदस्य नगिना यादव, कांग्रेसका केन्द्रिय देखि जिल्ला र प्रदेशका नेताहरुको उपस्थिती थियो ।