एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पाँच दलिय गठबन्धन आफै फसादमा परेकाले अव पर्खिन नसक्ने बताउदै एमाले संग तालमेल गरेर जाने बताएका छन् ।
एसपी खवरसंगको कुराकानीमा महतोले पाँच दलिय गठबन्धन कसरी अगाडि बढने ? भन्नेमा अझै पनि शंका व्यक्त गर्दै एमाले संगको तालमेल लोसपाका लागि स्पष्ट र सजिलो हुने बताए । उनी धनुषा ३ बाटै चुनाव लडने दोहराएका छन् ।
स्रोतका अनुसार उनी सुरु देखिनै एमाले संगको तालमेलका पक्षमा थिए । पार्टी अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री देउवा बिच कुरा मिल्न एति समय लागेकाले मात्र समय व्यतित भएको बताइन्छ । महतोको नाम उनी हाल निर्वाचित धनुषा क्षेत्र नं. ३ बाटै एकल सिफारिस भएको छ ।