एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : दशकौं दशक देखि धनुषाको सप्तपोखर (सतोषर) मा लाग्दै आएको बिशाल बोलबम मेलामा बोलबम यात्री र दर्शनालुहरुको भिडभाड लागेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझिया स्थित कमला र चारनाथ नदीको संगम स्थल (घाट) मा जल भरेर सबैला नगरपालिकाको सतोषर स्थित बाबा सप्तेश्वरनाथ महादेवलाई जल अर्पण गर्ने यो बोलबम मेला एकदमै पुरानो र भिडभाड हुने मेला हो ।
अनन्त चतुर्थीको दिन लाग्ने सो मेलामा यस वर्ष उल्लेखय सहभागिता देखिाएको छ । पूर्वी धनुषा सहित अन्य विभिन्न स्थान र भारतको विहारवाट समेत प्रत्येक वर्ष हजारौं हजारको सँख्यामा काँवरियाहरु सतोषर महादेवमा जल चढाउने गर्दछ । राजर्षि राजा जनकको नगरी मिथिलाको राजधानी जनकपुरधामको रक्षका रुपमा रहेको चारवटा महादेव मध्येका एक सप्तेश्वरनाथको दर्शन र जल चढाउन यहाँ भिडभाड लाग्दछ ।
जल चढाउन आउने बोलबमका यात्री श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सतोषर महादेवमा चढाउने गर्दै आएको छ । करिव १२ किलोमिटरको यात्राको क्रममा बोलबम तिर्थालुहरुलाई बरमझिया, रघुनाथपुर, बरकुर्वा, सबैला सहितका ठाँउमा स्थानियहरु विभिन्न सेवा र स्वागत गर्ने गर्दछ ।
सतोषर पुग्ने क्रममा बोलबमका तिर्थालुहरुको भिड बाटोमा पर्ने रघुनाथपुर स्थित श्री हरिहरनाथ मन्दिरमा पनि लाग्ने गर्दछ । उनीहरु त्यहाँपनि जल अर्पण र दर्शन गर्ने गर्दछ । धनुषाको सतोषर स्थित सप्तेश्वनाथ महादेवमा बोलबमयात्री र भक्तजनको घुइचो लागेको छ । बोलबम समान्यता साउन महिनामा हुने भएपनि हाल सबैला नगरपालिकाको सतोषर स्थित सप्तेश्वरनाथमा प्रत्येक वर्ष आनन्द चतुदर्शीको दिन बोलबम मेला लाग्ने गर्दछ ।
आस्था अपार रहेकाले यसपालि पनि मेलामा भिडभाड देखिएको छ । सतोषर पुगेपछि मन्दिर छेउमै रहेको एतिहाँसिक सरोबरमा पुन: स्नान गरि विधि पुर्वक काँवरको पुजापाठ गरि बोलबमयात्रीहरु बाबा सप्तेश्वरनाथ महादेवमा जल अर्पण गर्ने गरेका छन् । यात्राका क्रममा तिर्थालुहरु बोलबम सहितका नारा लगाउने गर्दछ भने बाटोमा पर्ने गाँउका स्थानियहरु दर्शनालुको रुपमा सहभागिता जनाउने गर्दछ ।