एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश/प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पाँच दलिय गबन्धन विरुद्व उत्रेको नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र २ मा एमालेका बयोबृद्व समाजसेवी नेता गंगाराम यादवको नाम सिफारिस गरेको छ । सो क्षेत्रमा समाजसेवी यादवको शिक्षा, स्वास्थ्य, धार्मिक र समाजिक क्षेत्रमा राम्रो योगदान छ ।
२०७० सालको आम निर्वाचनमा दलबल सहित हजारौंको संख्यामा समर्थकहरु सहित उम्मेदवारी दर्ता गर्न जाँदा मतदाता नामावलीमा नाम नै नभेटेपछि उनी पछि हटनु परेको थियो । त्यसपछि एमाले सो क्षेत्रमा लगातार हार व्यहोर्दै आएको छ ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धन भएकाले सो क्षेत्रमा माओवादीबाट रामचन्द्र झा चुनाव लडे र हारे । तर यसपालि एमालेले बाजी मार्ने अवसर रहेको र यादव चुनाव लडने भएपछि जनता हौसिएको बताइन्छ । जनकपुरधाम स्थित श्री जानकी आँखा अस्पतालको निवर्तमान अध्यक्ष यादवले आफनो कार्यकालमा अस्पतालको कायापलट गरि करौडौंको नाफामा पुरयाएका छन् । प्रतिनिधीसभाका लागि यादव संगै जय प्रकाश यादवले पनि उम्मेदवार हुन इच्छा जाहेर गरेकाले उनको नाम समेत पठाइएको छ । उनी शहिदनगर नगरपालिकाका मेयरमा समेत एमालेबाट लडेका थिए ।
जय प्रकाशले व्यक्तिगत इच्छा जाहेर गरेका थिए । यद्यपि एमालेको क्षेत्रीय भेलामा उपस्थित सम्पुर्णले एक स्वरमा समाजसेवी यादवको नाममा सहमती जनाएका थिए । यादवले आफु व्यक्तिगत भन्दा पनि हाउसले सर्वसम्मत निर्णय गरे मात्र चुनाव लडने बताएपछि सबैले यादवको नाममा सहमती र समर्थन जनाएको बुझिएको छ । सो क्षेत्रमा गठबन्धनका उम्मेदवार बलराम महतो र लोसपाका उम्मेदवार हालका सांसद उमा शंकर अरगरियाको नाम चर्चामा छ ।