एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : महोत्तरीको पिपराबाट अपहरणमा परेका तीन बालिका अपरहणमुक्त भएका छन् । बुधबार बिहान ११ बजे पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित बनौली स्कूल नजिकबाट अपहरणमा परेकी वर्ष ८ कि आराध्या चौधरी, प्रियान्सी झा र लाली झा अपरहणमुक्त भएका हुन् ।
अपहरण गरी गाडीमा लैजाँदै गरेको अवस्थामा जनकपुरधामको भानुचौकबाट उनीहरू उम्किन सफल भएका छन् । गाडी रोकिरहेको अवस्थामा उनीहरू भागेका थिए । अपहरणमा परेकीमध्ये आराध्या चौधरी भागेर भानुचौक नजिककै वकिल टोलमा रहेको फुफुको घरमा पुगेकी थिइन् ।
गाडीमा चार पाँच जना अपहरणकारी रहेको बालिकाहरूले बताएका छन् । यता, महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले सीसीटीभी फुटेजको अध्ययन गरी गरिरहेको र थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।