एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय भन्दा कम सिट स्वीकार गरिए नेपाली कांग्रेसमा बिद्रोह र विग्रह उत्पन्न हुने बताएका छन् । जनकपुरधाम विमानस्थलमा पत्रकारहरु संगको सक्षिप्त कुराकानीमा नेता कोइरालाले १ सय ६५ सिटमा समेत म्यानेज र सबै खुसी हुन नसक्ने कांग्रेस पार्टी सय सिट भन्दा कममा कुनै पनि हालतमा व्यवस्थापन हुन नसक्ने र त्यसपछि विद्रोह तथा बिग्रहको स्थिती सृजना हुने बताएका छन् ।
गठबन्धनको अर्थ गठबन्धन आवद्व अर्को दलहरुको संगठन पनि बनाइदिने, पार्टी बचाइदिने नेता जोगाइ दिने नरहेको बताउदै उनले एक सय सिट भन्दा कममा कांग्रेस खुसी भए समानुपातिक मत पनि कम हुने र अगामि सरकारको नेतृत्वको अवसर पनि गुम्ने बताए । उनले एक सय सिट पाए कांग्रेस ७० सिट जित्ने दावी समेत गरे ।

नेता कोइरालाले गठबन्धन भित्र सहमती हुन अझै वाँकी रहेको बताउदै एक दुई दिन भित्र प्रतिनिधीसभाको सिट भागबण्डाको निश्कर्ष लागेपछि प्रदेशसभाको भागबण्डामा कुराकानी सुरु हुने बताए । कोइरालालाई स्वागत गर्द विमानस्थलमा नेता कार्यक्रताहरुको लाइन लागेको थियो ।