एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : नेकपा एमालेका सचिव रघुविर महासेठले यसपालिकाको निर्वाचनमा आफनो व्यक्तिगत स्वार्थ होइन पार्टीको हित र सफलताका बारेमा मात्र सोच्न नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
मधेश प्रदेशको राजधानी समेत रहेको धनुषाको क्षेत्र नं. ३ को क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठले सिट ३ वटा मात्र रहेको तर आकांक्षी न्युनतम १० र सो भन्दा माथी रहेको भन्दै यसपालि आफु भन्दा पनि पार्टी जित्नु पर्छ भन्ने सोच्न आग्रह गरेका छन् ।

उनले प्रत्यक्ष निर्वाचनमा अवसर नपाउने जेनुन नेता कार्यक्रतालाई पार्टीले व्यवस्थापन गर्ने बताए । धनुषा तिनमा पार्टी जित्न नसकेको भन्दै यसपालि इतिहाँस रच्ने मौका रहेको उनको तर्क छ ।

यस क्षेत्रमा २०७० मा झिनो मतान्तरको हार, २०७४ मा बेहोरिएको हार र गत स्थानिय निर्वाचनमा पनि हारेपनि लोकप्रिय मत प्राप्त भएको बताउदै उनले सो मतलाई जितको मतमा बदल्न आवयश्क रहेको बताए । कार्यक्रममा पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री जुली महतो नेताहरु शिवशंकर साह हिरा, शुरेन्द्र भण्डारी, दिनेश सिंह, मुन्नी दास सहितको उपस्थिती थियो ।