एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । मधेश प्रदेशको राजधानी पनि पर्ने धनुषा क्षेत्र नम्बर ३ मा तत्कालिन राजपाका अध्यक्ष राजेन्द्र महतोसंग पराजित निधी यसपालि चुनाव लडने र जित्ने चर्चाका बिच उनी एकाएक समानुपातिक प्रणाली रोजेका छन् ।
जनकपुरधाममा विगत केहि दि एता उनले आफु समानुपातिकमै जाँदा पनि आफुलाई अनाथ नबुझन नेता कार्यक्रताहरुलाई सम्बोधन गर्ने क्रममा बताउदै आएका थिए । यद्यपि उनले मधेशका २२ जिल्ला बाहेक पहाड र हिमालको कुनै पनि जिल्ला र क्षेत्रीय कमिटिले आफनो नाम सर्वसम्मत सिफारिस गरे आफु पहाड र हिमालबाट चुनाव लडन तयार रहेको बताउदै आएको थिए ।
तर धनुषा ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए । यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेको बताइन्छ । उनको यो बदलावले कांग्रेस धनुषामा उदासी छाएको छ ।
त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई समेत गराइसकेका उनी निकट नेताहरु बताउछन् । एता सो क्षेत्रका वर्तमान सांसद राजेन्द्र महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा पुन: धनुषा ३ बाटै लडने बताइरहेको भएपनि निश्कर्ष भने लागेको छैन एमालेबाट सो क्षेत्रमा पोलीटब्युरो सदस्य जुली महतोको चर्चा छ । निधीले महतोसंग भेटेर मिलेर जानुपर्ने प्रस्ताव यस अघिनै राखिसकेका छन् ।