एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : नेपाली कांग्रेसका स्व. नेता प्रदिप गिरीको जानकारी र अध्यन्नको अगाडि नेपाली राजनितिका अहिलेका सबै नेताहरु होचा रहेको कांग्रेसका नेता विमलेन्द्र निधीले बताएका छन् ।
जनकपुरधाममा स्व. गिरीको स्मरण र श्रद्धाञ्जली अर्पणका लागि आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पार्टीका पुर्व उपसभापती समेत रहेका निधीले लोकतान्त्रिक र बामपन्थी विचारधाराको साथसाथै डिक्टेटरशिप सहितका विषयमा समेत स्व. गिरी जस्तो जानकार र गम्भिर अध्यन्नशिल नेता कोहि पनि नभएको बताए ।
नेता निधीले कांग्रेसीजनमा विपी कोइराला, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाको नाम जप्ने र उनीहरुको मात्र नाम लिएर बोल्दा कसैको विरोध नहुने र ठुलो नेता बन्ने होड चलेको बताउदै उनीहरुका साथसाथै स्व. गिरीको योगदान र बैचारिक नेतृत्वको कदर गर्न सक्नु पर्ने बताए ।
देशमा संघिय प्रणाली, गणतान्त्रिक संविधानका लागि स्व. गिरीले देशमा बैचारिक नतृत्व गरेको उनको भनाई थियो । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसको नाम रहे सम्म स्व. गिरीको समेत नाम रहिरहने बताए । स्व. गिरीलाई हरेक विषयका चिन्तक र ज्ञानी भन्दै मधेश सरकारका मन्त्री तथा कांग्रेस नेता राम सरोज यादवले बुढेशकालमा पनि दुई बजे राती सम्म अध्यन्न गर्ने एक असल ज्ञानी र चिन्तक पनि देशके गुमाएको बताए ।
कार्यक्रममा कांग्रेसका नेता तथा पुर्व मन्त्री रामकृष्ण यादवका साथै नेताहरु चन्द्र मोहन यादव, योगेन्द्र पजियार, मुक्ता यादव, सरस्वती चौधरी, मिनाक्षी झा सहितको उपस्थिती थियो । नेताहरुले स्व. गिरीको प्रतिमामा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।