पुरन रौनियार
जनकपुरधाम, भदौ १६ : नेपाली कांग्रेसका पुर्व उपसभापती र गत सभापतीको निर्वाचनमा सभापतीका प्रत्यासी विमलेन्द्र निधी आफनो निर्वाचन क्षेत्र धनुषा ३ बाट प्रत्यक्ष चुनाव नलडने संकेत गरेसंगै नेपाली कांग्रेसमा चासो छाएको छ । हटि स्वभावका निधी एकाएक चुनावको पुर्वसन्धयामा यस्तो संकेत गर्नु उनी निकट मात्र होइन पार्टी भित्रका उनका विरोधीहरुका लागि पनि समान्य कुरा होइन । सबै आश्चर्यचकित छन् ।
यस विषयमा कांग्रेसकै अनुभवि पात्रहरु र निधीकै शुभेच्छुकहरुसंग एसपी खवरले बुझने प्रयास गर्दा विमलेन्द्र निधीले मुख्य चारवटा कारण यस्तो संकेत गरेको हुन सक्ने नाम उल्लेख नगर्ने सर्तमा उनीहरुले बताएका छन् ।
कारण ‘क’
विमलेन्द्र निधी राष्ट्रिय कदका नेता हुन । राष्ट्रिय राजनितिमा उच्च तहमा प्रभाव रहदै आएको भएपनि राजनितीको महासंग्राम निर्वाचनका बेला निधी आफनो क्षेत्रमा मात्र सिमित हुने बाध्यता उनी संग हुने गर्दछ । पार्टी र राजनितिमा राष्ट्रिय प्रभावका लागि चुनावमा शिर्षनेताका रुपमा देश दौडाहामा लाग्नु पर्नेमा उनी आफनै चुनाव जित्न संर्घषशिल हुन पर्ने बाध्यता उनी संग रहदै आएको छ ।
उनी हारेको बेलाको त कुरै भएन उनले जितेका चुनावहरु पनि उनका लागि चुनौती पुर्ण र अति संर्घषशिल रहेको देखिन्छ । त्यसको कारण, उनको पार्टी भित्रै पनि उनको व्यापक विरोध र असुन्तुष्टि हुने गर्दछ । जस्ले निर्वाचनमा उनलाई आफै जित्न धउधउ पर्छ र उनी क्षेत्र बाहिर निस्कन पाउदैन ।
त्यसैले उनी यसपालि कमप्रोमाइज गरेर समानुपातिकमै भएपनि सिट सुरक्षित गर्ने र राजनितिमा आफनो राष्ट्रिय प्रभावका लागि अगामि चुनावमा देशभरिको जिल्लाहरुमा प्रचार प्रसार र भाषणमा लाग्ने मनस्थिती बनाएको हुनुपर्दछ । उनले पहाड र हिमालको कुनै पनि जिल्ला र क्षत्रीय कमिटिले सर्वसम्मत निर्णय गरे आफु त्यस क्षेत्रबाटै चुनाव लड्ने तर्क पनि यसैलाई पुष्टी गर्दछ ।
कारण ‘ख’
प्रत्यक्षमा लडदा उनका लागि चुनावमा तयारी चुनौती पुर्ण र जित सहज नहुनुमा उनको निकटकै पनि नेता, सहयोगी र समुह पनि एक मुख्य कारक रहेको उनलाई राम्ररी थाहा भइसकेको छ । यसअघिको निर्वाचनमा पनि उनका शुभेच्छुकहरुले त्यस सिमित समुहबाट बाहिर निस्कन सुझाव दिएपनि उनी त्यो गर्न सकेन र झिनो मतान्तरले हार व्यर्होनु परेको हिसाव किताव भएपनि उनी त्यस समुहलाई अझै छोडन सक्ने स्थितीमा छैनन ।
त्यसैले पनि उनि दिक्क लागेर ‘काम गर्ने बेलामा निधी र निधीको कामको बेलामा जालझेल ?’ भन्ने अग्रेशिभ मनशायले यो निर्णय गरेको हुनुपर्दछ । स्रोतले भन्यो, ‘ लु जा कस्लाई लडाउने र जिताउने लडा, जिता, म आफनो बाटो हिने’ भन्ने अभिप्रायले निधी यस्तो निश्कर्षमा पुगेको हुनसक्ने आंकलन गरिएको छ ।
कारण ‘ग’
तेस्रो कारण रोचक र शंकाष्पद आयो । निधी मधेशको कांग्रेसका लागि ‘माया बैगुनी नभई नहुनी जस्तै हुन ।’ उनी कुनै पनि काम आफनो स्टाइलले मात्र गर्ने जस्ले उनी प्रति उनकै नेता कार्यक्रताहरुको असन्तुष्टि रहदै आएको छ । तर पनि उनी राजनिति पहुँच, अनुभव र पृष्ठभुमिका हिसावले मधेशमा कांग्रेसका र्निविकल्प जस्तै हुन ।

साथै उनले यो निर्णय आफनो विकल्प को त ? भन्ने बुझनका लागि समेत वाहिर ल्याएको हुन सक्ने आंकलन गरिएको छ । स्रोतका अनुसार उनी प्रतिनिधीसभामा रामसरोज यादवलाई लडन आग्रह गरे तर उनी मानेनन ।
साथै कोहि पनि नेता प्रतिनिधीसभामा तपाई नलडे म लडछु भन्ने हिसावले नआएकाले आटिलो विकल्प र उतराधिकारी को हुन सक्छ ? भन्ने बुझनका लागि समेत उनको यस्तो निर्णय आएको हुन सक्दछ ।
यसका अलावा निर्वाचनमा उम्मेदवारको सकारात्मक र नकारात्मक प्रचारवाजी गर्न माहिर मानिएको फरवार्ड भनिने समुदायको एक तप्का धर्म निर्पेक्षतामा उनको अडान र एकल जातीवादी मोहका कारण यसपाली पनि सकारात्मक सिग्लन दिन नमानेकाले पनि उनी चुनाव लडने निश्कर्षमा पुग्न सकिरहेका छैनन ।
कारण ‘घ’
चौथो कारण अलिक रोचक र चासोपुर्ण आयो । उनको चुनावी स्टन्ट र जनताको मनोभावना बुझने टुलको रुपमा उनको यो निर्णयलाई लिइन्छ । अहिले उनले आफु प्रत्यक्ष नलडने भनिरहँदा क्षेत्र, जिल्ला तथा केन्द्रका नेताहरु र जनताको सेन्टिमेन्ट के हुन्छ ? भन्ने मापन गर्नका लागि समेत उनले यो दाउ खेलेको हुन सक्ने कतिपयको बिश्लेषण छ । उनको यस अभिव्यक्ति पछि उनी प्रती सहानुभुति देखिए र उनलाई लडन एकदमै दबाब आए मात्र उनी चुनाव लडने बिश्लेषण कतिपयको छ ।
प्रस्तुत समाग्री कांग्रेस भित्रकै अनुभवी स्रोतहरुको भनाई र विश्लेषणमा आधारित छ ।