एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले स्वयम समानुपातिक सांसदको रुपमा समेत संसदमा प्रवेश गर्न सक्ने बताएका छन् । जनकपुरधाममा बुधवार आयोजित क्षेत्र स्तरीय कार्यक्रता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपसभापती समेत रहेका नेता निधीले आफु अन्य क्षेत्रबाट चुनाव लडेपनि चाहे समानुपातिक सांसदका रुपमा सांसद भएपनि आफुहरु अनाथ भएको नबुझन धनुषा निर्वाचन क्षेत्र नं. ३ का नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
उनले प्रदेश सांसदमा राम सरोज यादव सबै भन्दा अनुभवी सांसद रहेकाले आफुले यादवलाई प्रतिनिधीसभा सदस्यको अभिभारा उठाउन भनेको बताए । उनले स्मृती नारायण चौधरीले आफुलाई किन लडनु हुन्न ? भनेर सोध्दा आफु नलडने बताएपछि चौधरीले लडने इच्छा जाहेर गरेको समेत खुलाए । यद्यपि उनले क्षेत्रबाट हुने सिफारिसहरुमा विलम्व नर्गन नेता कार्यक्रतालाई आग्रह गरेका छन् ।
उनले आफु मधेश वाहेकको जिल्लाबाट चुनाव लडन आँट र हिम्मत गर्ने बताए । काठमाण्डौंमा मात्र होइन मधेशका २२ जिल्ला बाहेकको कुनै पनि जिल्लाको क्षेत्रीय र जिल्ला कमिटिले सर्व सम्मत निर्णय गरे आफु कुनै पनि पहाड र हिमालको क्षेत्रबाट चुनाव लडन तयार रहेको बताए ।
कार्यक्रममा कांग्रेस धनुषा सभापती योगेन्द्र पजियार नेताहरु स्मृती नारायण चौधरी, रामसरोज यादव सहितको उपस्थिती थियो । कार्यक्रममा नेपाली कांग्रेसको संस्थापक देखि पार्टीका लागि अहम भुमिका निर्वाह गर्ने स्व. नेता विपी कोइराला सहितकाको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।