FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

आउँदो चुनावपछि नेकपा एस, माओवादी र मधेशवादी दलको विलय निश्चित छ : पूर्वमन्त्री महासेठ

आउँदो चुनावपछि नेकपा एस, माओवादी र मधेशवादी दलको विलय निश्चित छ : पूर्वमन्त्री महासेठ

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८ : 
नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले गठबन्धनको आडमा अस्तित्व जोगाउने प्रयासमा लागेका नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी र मधेशवादी दलको पतन हुने बताएका छन् ।

उनले बुधबार धनुषाको ढल्केवरमा नेकपा एमाले मिथिला नगरपालिका कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं हरितालिका तीज, जितिया, चौरचन पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावपछि एकिकृत समाजवादी, माओवादी र मधेशवादी दलको विलय हुने जनाए ।

स्थानीय तहको चुनावपछि नेकपा एमाले पार्टीलाई दिउँसै टर्च बालेर खोज्नुपर्छ भन्ने माधव नेपालले आज उसैले नेतृत्व गरेको पार्टी एकिकृत समाजवादी पार्टीलाई टर्च लिएर खोज्ने दिन आइसकेको र अबका केही महिनापछि खोज्दा भेटिने होइन भेट्दै नभेट्ने दिन आइरहेको नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री समेत रहेका महासेठले भने ।

धनुषाबाट माधव नेपालको पार्टी अहिले नै समाप्त भइसकेको भन्दै र कतिपय नेता कार्यकर्ता प्रत्यक्षरुपमा त कतिपय नेता कार्यकर्ता भित्रभित्रै नेकपा एमालेमा प्रवेश गरिसकेको दावी उनले गरे ।

चुनावपछि माओवादीको पनि हैसियत समाप्त हुन्छ । जनतालाई दिग्भ्रममा पारेर मधेश प्रदेशमा ठूलो राजनीतिक दल बनेका मधेशवादी पार्टी मधेशबाटै समाप्त हुन गइरहेको छ । आउँदो चुनावबाट मधेश प्रदेशको ३२ प्रदेशसभा सदस्य सिटमध्ये १६ वटामा नेकपा एमालेको जित सुनिश्चिछ, उनले भने ।

पूर्वमन्त्री महासेठले नागरिकताको विषयमा बोल्दै गठबन्धनको सरकारले नागरिकताको विषयलाई लिएर नेकपा एमाले पार्टीलाई अनायासै बदनाम गर्न खोजेको आरोप लगाए । उनले भने, नागरिकताविहिन भएर कुनै नेपाली बस्नु नपरोस् भन्ने धारणा आफ्नो र आफ्नो पार्टीको भएको प्रस्ट पारे ।

पूर्वमन्त्री महासेठले भने, झण्डै साढे तीन वर्षअगाडि नेकपा एमाले नेतृत्वको सरकारले प्रतिनिधिसभामा पठाएकोे नागरिकता विधेयक नेपाली कांग्रेस, माओवादी र तिनै मधेशवादी दलले पारित हुन नदिएको हो । जनता एमालेको पक्षमा लागेको देखेर तिरमिरिएका गठबन्धनको सरकारले नेकपा एमालेसँग नसक्ने भएपछि नागरिकताको विषयलाई लिएर भोटको राजनीति गरेको सुरु गरेको हो ।

मिथिला नगरपालिकाको ढल्केवरमा बन्न लागेको ट्रमा सेन्टर पनि आफ्नै पहलमा ल्याएको हुँ । त्यस विषयमा पनि विपक्षी दलका स्थानीय नेताहरुले मिथ्यामा बदनाम गर्न खोज्यो । आफूलाई आजीवन मेयर ठान्ने तत्कालिन नगर प्रमुख र विपक्षी दलका कारण निर्माण कार्यमा अलि ढिलाई भएको हो । तर ट्रमा सेन्टर ढल्केवरमै बनोस भन्ने चाहना आफ्नो पनि भएको पूर्वमन्त्री महासेठ स्पष्ट पारे ।
नेकपा एमाले मिथिला नगरपालिका कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं हरितालिका तीज, जितिया र चौरचन पर्वको शुभकामना आदानप्रदान कार्यक्रम नेकपा एमाले पोल्टीब्युरो सदस्य तथा पूर्वमन्त्री जुली महतो तीज गीतमा कार्यकर्तासँगै छमछम नाचेर रमाइलो गरिन् । सँगसँगै नाचेको देखेर महिला कार्यकर्ता निकै हौसिएको देखिएको थियो ।

Tags: विलय निश्चित

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy