एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७ : मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित देश भरिमै व्यापक चर्चा छ, पाँच वर्ष पुरै कटाउने एक मात्र मुख्यमन्त्री लालबाबु राउतले पनि बिचमै राजिनामा दिने कुरा । हिजै साँझ देखि यो समाचार केहि अनलाईन तथा समाजिक सञ्जालमा छाएको छ । कतिपयले अनि निकट स्रोत त कतिपयले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नै कोड गरेर पनि समाचार लेख्न भ्याए ।
एसपी खवरले यस विषयमा मुख्यमन्त्रीलाई सोध्यो चर्चा सहि हो कि अफवाह हो ? उनले भने, ‘अध्यक्ष जी ले भनि सक्नु भयो त अफवाह हो म किन बोल्ने यस्तो ओहियात कुरामा ? ।’ बोल्नै आवश्यकता नै नरहेको भन्दै उनले फोन काटे । त्यसपछि हामीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सम्र्पक गरयौं उनले भने, ‘म मिटिङ्गमा छु पछि कुरा गरौंला, हल्लाको पछि नलाग्नोस ।’