जनकपुरधाम, भदौ ६ :
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले सोमवार सप्तरीका नवनिर्मित तिनवटा विद्यालय भवनहरुको उदधाटन गरेका छन।मन्त्री साहले सप्तरीको महादेवा गाउपालिका वडा नं १ मा सामाजिक विकास मन्त्रालयको ५० लाखको लागतमा निर्मित श्री नर बहादुर थापा जनता माध्यमिक विधालय पकरीको गोठ सोनराको दुई कोठै भवनको एक समारोहका बीच उद्घाटन गरेको हो ।
मन्त्री साहले राजविराज नगरपालिका वडा नं ६ मा सोही मन्त्रालयद्वारा २५ लाखको लागतमा निर्मित थानगाछी अाधारभुत विद्यालयको उदधाटन गरे भने सोही मन्त्रालयद्वारा अग्निसाईर कृष्णासवरण गाउपालिका वडा नं ३ मा निर्मित मटिगढी मा वि भवनको समुदधाटन गरेका छन।
कार्यक्रममा प्रदेश सभ सदस्य नेत्रविक्रम साह, जसपा के.स.विकाश तिवारी ,महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल,सुरेन्द्र कुमार यादव, राजिविराज न पा -०६ का वडा अध्यक्ष शशि चौधरी, अग्निसाईर कृष्णासवरण गा पा का उप प्रमुख कल्पना चौधरी,निवर्तमान उपाध्यक्ष मिना चौधरी,वडा नं ३ का वडा अध्यक्ष गोपाल चौधरी,जसपा जिल्ला सदस्य चितरंजन याव,रामदेव यादव लगायतका स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।