जनकपुरधाम ,भदौ ५ :
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहद्वारा अाज तिरहुत गा.पा. वडा नं १ सप्तरीका चारवटा भवनहरुको समुदधाटन गरेका छन।मन्त्री साहले सामाजिक विकास मन्त्रालयद्वारा सोही वडामा निर्मित सामुदायिक भवन, उहाँको संसदिय विकास कोषवाट निर्मित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन,सामाजिक विकास मन्त्रालय र मन्त्री साहको संसदीय विकास कोषवाट निर्मित दलित वस्तीमा सामुदायिक भवन र सामाजिक विकास मन्त्रालय र वहाको संसदीय कोषवाट निर्मित भगवती गहवरको समुदधाटन गरेका छन।
भवनहरुको समुदधाटन गर्नुहुदै मन्त्री साहले संधियताले ग्रामीण विकासमा मदत पुगेको वताउनुहुदै संधियता पक्षधर शक्तिलाई मजवुत पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तिरहुत गाउपालिकाका निवर्तमान अध्यक्ष हेमन्त कुमार वहरखेर,जिल्ला वन डिभिजन कार्यालय सप्तरीका प्रमुख हेमन्त कुमार साह, सामाजिक विकास ईकाई सप्तरी तथा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव,तिरहुत गा.पा. वडा नं १ का वडा अध्यक्ष शिवनारायण मेहता लगायतको उपस्थिति रहेको थियो ।