एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री जुली महतोले महिला शसक्तीकरण विस्तारै हुदै गएको भन्दै अझै पनि जनसंख्याको आधारमा प्रतिनिधित्व हुन नसकेकेको बताएकी छिन् ।
अखिल नेपाल महिला संघको धनुषाको आयोजनामा जनकपुरधाममा भएको जिल्ला स्तरीय विस्तारिक बैठक तथा प्रशिक्षण कार्यक्रमका साथै जनप्रतिनिधीहरुलाई सम्मान र दरखाने कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ महतोले महिला पुरुष संग राजनितिक प्रतिस्पर्धा गर्न सक्षम रहेको बताईन ।

नेतृ महतोले पाँच पार्टी होइन दश पार्टीको गठबन्धन बनेपनि एमालेका कार्यक्रताले चुनाव नेता नभएर पार्टी लडदै भन्ने बुझेर अठोट गरयो भन्ने कुनै पनि शक्तिले एमालेलाई हराउन नसक्ने बताएका छन् ।
नेतृ महतो कार्यक्रममा सहभागि महिला नेतृ तथा कार्यक्रताहरु संगै नाच्दै गाँउदै खुसीयाली मनाएकी थिइन । कार्यक्रममा विभिन्न पालिकामा निर्वाचित महिला जनप्रतिनिधीहरु सहित नेतृहरुको सहभागिता थियो ।