एसपी रिपोर्टर
रघुनाथपुर, भदौ ३ : धनुषाको रघुनाथपुर निवासी वरिष्ठ साहित्यकार तथा शिक्षक चन्द्रशेखर उपाध्यायको स्र्वगारोहन भएको १३ औं पुण्यतिथीको अवसरमा उहाँ प्रति श्रद्धाञ्जली अपर्ण गर्नुका साथै ‘गुरुको महिमा’ विषयक वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
उहाँले करिव ३४ वर्ष शिक्षादान गर्नुभएको श्री फकिरचन्द गामि मावी बरकुर्वामा आयोजित श्रद्धाञ्जलीसभामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव, राजनितिज्ञ, शिक्षक, विद्यार्थी, अभिभावक सहित रघुनाथपुर, सबैला सहितका स्थानियहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो अवसरमा आयोजित ‘गुरुको महिमा’ विषयक नगर स्तरीय वकृत्वकला प्रतियोगितामा सहभागिता जनाएका सबैला नगरपालिकाका करिव एक दर्जन विद्यालयका छात्रछात्राहरुले पनि गुरु स्व. उपाध्यायको योगदान, समान्य र आर्दशवादी चरित्रको बारेमामा समेत बोलेका थिए ।

वक्ताहरु शिक्षाराज्यमन्त्री यादव, प्रदेश सांसद किशोरी साह कमल, रामचन्द्र मण्डल, विद्यालयका दाता परिवार प्रदिप गामी, व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार पाल, पुर्व विद्यार्थी तथा राजनितिज्ञ जगत सुन्दर साह, राजकिशोर यादव, श्रीलाल महासेठ सहितकाले स्व. उपाध्याय र सोहि विद्यालयका अर्का वरिष्ठ शिक्षक स्व.जिवछ लाल दास जस्ता शिक्षक नेपालकै इतिहाँसमा प्रेरणादायी पात्र रहेको बताएका थिए ।

मैथिलीभाषाका योगदान पुरयाए वापत विद्यापती पुरस्कार सहित विभिन्न पुरस्कारबाट सम्मानित स्व. उपाध्याय रघुनाथपुर सहित यस क्षेत्रका लागि शिक्षक मात्र नभई एक कुशल र जानकार पण्डित र अभिभावक नै थिए । सो अवसरमा स्व. उपाध्यायलाई सुपारी सेवनको सौख रहेकाले उनको स्मरणमा विद्यालय प्राङ्गणमा एक सुपारीको वृक्ष समेत रोपिएको छ ।
विद्यालयको भुतपुर्व विद्यार्थी समाजको आयोजना र रघुनाथपुरियन हिरोज फेसबुक पेजको सह आयोजनामा भएको श्रद्धाञ्जलीसभाका साथ साथै ‘गरुको महिमा’ विषयक वकृत्वकला प्रतियोगीतामा प्रथम, द्वितिय, तृतिय र सान्तवना पुरस्कार विजेता छात्रछात्राहरुलाई मेडल, ट्रफी र शैक्षिक समाग्री सहित पुरस्कृत गरिएको छ ।