जनकपुरधाम, भदौ ३:
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिका सप्तरीको योगिनिय र रामपुरमाअाज एकै दिन दुईवटा राधाकृष्ण मन्दिरको समुउद्धघाटन गरेका छन । मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं ८ योगिनिया को योगिनिमाई को प्राङ्गणमा मधेश प्रदेश सरकार उधोग,पर्यटन तथा वन मन्त्रालयको ४० लाखको सहयोग लागतमा निर्मित राधाकृष्ण मन्दिर र सोही नगरपालिकाको वडा नं १४ रम्पुराको डीह बार थान को प्राङ्गणमा सोही मन्त्रालय र सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकास कोषवाट ४५ लाखको सहयोग लागतमा वनेको राधाकृष्ण मन्दिरको समुदधाटन गरेका छन। मन्त्री साहले उक्त मन्दिरहरु एक कार्यक्रम विच पूजा पाठ गरी उदधाटन गरेका छन। रम्पुराका मन्दिर मन्त्री साह र वडा -१ ४का पूर्व वडा अध्यक्ष सत्य नारायण यादव द्वारा गरेका हुन्।कार्यक्रममा सोही न. पा. का निवर्तमान नगर प्रमुख शैलेश कुमार साह, जिल्ला बन कार्यालय का प्रमुख , नेपाल शिक्षक महासङ्घ का केन्द्रीय सदस्य दिनेश यादब,प्याब्सन सप्तरीका सुरेश यादब,सोही नपा का वडा नं २ का वडा अध्यक्ष संतोष कुमार यादव,वडा नं ८ का वडा अध्यक्ष अजय यादव (लाल),वडा नं ९ का वडा अध्यक्ष हरिश्चन्द्र वर्मा,वडा नं १० का वडा अध्यक्ष रामलखन मण्डल,वडा नं १३ का वडा अध्यक्ष कुशेश्वर यादव युवा नेता सुरज यादब लगायतको उपस्थिति रहेको भियो।