एसपी रिपोर्टर
सिरहा, भदौ २ : नेकपा एमाले मधेश प्रदेश संगठन किमिटिको पुर्ण बैठक सिरहाको लहानमा बसेको छ । पार्टीका केन्द्रिय महासचिव शंकर पोखरेलको विशेष उपस्थिती र मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सचिव तथा मधेश प्रदेश ईन्चार्ज रघुविर महासेठको पनि उपस्थिती छ । पार्टीको संगठन र अगामि निर्वाचनको विषयमा बैठक केन्द्रित रहेको बताइएको छ ।
अगामि मसिंर चार गते घोषित संघ र प्रदेशको निर्वाचन पाँच दलिय गठबन्धन विरुद्व अहिले सम्म एक्लै अगाडि बढिरहेको एमाले मधेश प्रदेशमा कसरी अगाडि बढने विषयमा समेत छलफल हुने बताइएको छ । बैठकमा पार्टीका नेता प्रभु साह, लिलानाथ श्रेष्ठ, ज्वाला साह सहित प्रदेश कमिटि संगठनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको छ ।