एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अव कुनै पनि वाहानामा राष्ट्रपतिले विद्ययेक फिर्ता पठाउन नसक्ने जिकिर गरेका छन् । जनकपुरधाममा जसपा नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जस्ताको त्यस्तै पठाइने सो विद्ययेक अव राष्ट्रपतिले प्रमाणीकरण गर्दिन भन्न कुनै पनि वाहानामा भन्न पाउदिन ।
नागरिकलाई नागरिकता विहिन गर्नु राष्ट्रियता विहिन गर्नु र राष्ट्रियता विहिन गर्नु राज्य विहिन गर्नु रहेको भन्दै राज्य विहिनी बनाउनु भनेको अन्तराष्ट्रिय कानुन बमोजिम मानवता विरोधी अपराध रहेको भन्दै उनले राष्ट्रपतिलाई चेतावनी दिएका छन् ।
कार्यक्रममा पुर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सहितका वक्ताले संघियता समाप्त गर्न हुन सक्ने षडयन्त्रहरुलाई निष्तेज गर्न युवा शक्ति तम्तयार रहनु पर्ने बताए । जसपा नेतृ शुशिला श्रेष्ठ र नेता लालकिशोर साहले युवा शक्ति नै प्राप्त उपलब्धीहरुको रक्षक रहेकाले एकवद्व हुन आहवान गरेका छन् ।
कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष तथा मधेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, नेता बलराम महतो, रामबाबु यादव, जितेन्द्र यादव सहितको उस्थिती थियो