एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० : दुई सदनबाट पारित नागरिकता विधयेक आइतवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पुन: प्रतिनिधीसभामा फिर्ता पठाइ दिएपछि मधेशमा विरोध हुन थालेको छ । मधेशमा मधेश केन्द्रित दल मात्र नभई सत्तारुढ दलहरु समेत विरोधमा उत्रेका छन् । संघिय सरकार विरुद्व मधेश सरकार आफै आन्दोलन र धर्नामा रहेको बेला मधेशमा अर्को आन्दोलन र प्रदर्शन सुरु भएको छ ।
पुर्नविचार गर्न आवयश्क रहेको भन्दै राष्ट्रपति कार्यालयले दुईवटै सदनबाट पारित नागरिकता विद्ययेकलाई पुन: संसदमै र्फिता गरेपछि शान्त रहेको मधेशमा आन्दोलन र प्रर्दशनको वातावरणको सृजना भएको छ । अगामि मसिंर चारमा प्रदेश र संघको आम निर्वाचन घोषणा भइसकेको बेला राष्ट्रपतिको कदमले मधेशमा आन्दोलनको अशान्तिको सृजना गर्ने देखिन्छ ।
नागरिकताको मुद्दा उठाउदै आएका मधेश केन्द्रित दलका साथै मधेशमा मतको अपेक्षा गरिरहेको कांग्रेस र माओवादी केन्द्रले समेत भोटका लागि भएपनि राष्ट्रपतिको कदमको विरोध गर्ने मुड बनाइसकेका छन् । सोमवार विहानै कांग्रेसले पुर्व पश्चिम राजर्माग जोडने धनुषाको ढल्केवरमा केहि वेर चक्का जाम गर्दै राष्ट्रपति विरुद्व प्रर्दशन गरेका छन् ।
सोमवार जनकपुरधाम आइपुगेका जसपाका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विद्ययेक फिर्ता गरेर चुनावका वेला देशलाई द्वन्द्वमा धकेल्ने काम भएको बताएका छन् । विद्ययेकमा नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने कुरा मात्र उल्लेख रहेपनि राष्ट्रपतिले यो कदम चाल्नु शंकाष्पद रहेको उनले बताएका छन् ।
अझै पनि कांग्रेस र कम्युनिष्टको बर्चश्व रहेको यो देशमा अेनकल संघर्ष पछि नागरिकता कानुन पास भएपनि एमालेको अध्यादेश बिना अध्यन्न हतारमा जारी गर्ने राष्ट्रपति सोहि अध्यादेशलाई अहिलेको कानुनको रुपमा पारिता गर्दा फिर्ता पठाउनु धरै ठुलो षडयन्त्र रहेको र नागरिकलाई नागरिकता विहिन बनाउने खेल रहेको बताए ।
राष्ट्रपतिको कदम विरुद्व लोसपाले विरोध रयाली गर्दैछ भने जसपाले आजै जनकपुरधाममा साँझ मशाल जुलुस प्रदर्शन गर्दैछ । नागरिकता विहिनहरुको राष्ट्रिय अभियानले पनि आजै जनकपुरधाममा राष्ट्रपतिको विरोधमा प्रदर्शन गरिरहेको छ । सिरहाको गोलबजारमा डा. सिके राउतको जनमत पार्टीले राजमार्गमा आन्दोलन तताएको छ । तमलोपाले हिजै राष्ट्रपतिको कदमको विरोध गर्दै विज्ञप्ती निकालिसकेको छ भने लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि सोमवार विज्ञप्ती जारि गर्दै विरोध जनाएको छ ।
एका तर्फ मधेश सरकार प्रहरीको सुरक्षा घेरा भित्र धर्नामा छ भने अर्को तर्फ मधेशका जनता सडकमा उत्रन थालेका छन् । यस्ले मधेशमा पुन: अशान्ति र द्वन्द्वलाई संकेत गरिरहेको छ । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरेको थियो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएपछि मधेशमा आन्दोलन सुरु भएको छ ।