एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेश सरकारको जनकपुरधाम केन्द्रित आन्दोलनको कुनै तुक नरहेको बताएका छन् । एसपी खवरसंगको कुराकानीमा उनले जनकपुरधाममा नेपाल सरकार विरुद्वको आन्दोलनमा जनताको विश्वास नहुने बताएका छन् ।
उनले भने, ‘नेपाल सरकार विरुद्वको आन्दोलन काठमाण्डौं स्थित प्रधानमन्त्री वा गृहमन्त्रालय केन्द्रित हुनुपर्दछ ।’ मधेश प्रदेशको प्रदेशसभाबाट प्रहरी समायोजन सम्बन्धित विद्ययेक सर्वसम्मत पारित भइसकेको अवस्था छ, मधेशका जनता पनि पक्षमा छन उनले भने, ‘धर्नामै बसेकाहरुको केन्द्रमा सरकार छ अनि जनकपुरधाममा बसेर के हुन्छ ? ।’ उनले संघिय र प्रदेशमा एउटै शक्तिको सरकार रहेकाले यो धर्ना र आन्दोलन काठमाण्डौंमै गर्दा ठिक हुन्छ ।
जनकपुरधाममा हुने आन्दोलनमा जनताको विश्वास नहुने र सस्तो लोकप्रियताका लागि भइरहेको भन्ने सन्देश जाने भएकाले सुधार गरि काठमाण्डौं केन्द्रित आन्दोलन गर्नुपर्ने जस्मा आफुहरुको पनि सम्पुर्ण सहयोग रहने उनले बताए । प्रदेश सरकारको मांगमा आफनो पार्टीको समर्थन रहेपनि आन्दोलन र दबाबको तरिका ठिक नभएको उनको भनाई छ । एता तराई मधेश लोकतान्त्रि पार्टी तमलोपाले समेत मधेश सरकारको आन्दोलनलाई नौटंकी र सस्तो लोकप्रियताको लागि रहेको आरोप लगाइसकेको छ ।