एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपसभापती विमलेन्द्र निधीले निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु मिल्नुको विकल्प नरहेको बताउदै लोसपालाई गठबन्धन र सरकारमा ल्याउनु पर्ने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शिव कुमार साहको अगुवाई र निजी आयोजनामा भारतको विभिन्न तिर्थस्थलको यात्रा गर्न गइरहेको तिर्थयात्रीहरुलाई जनकपुरधामको जानकी मन्दिरमा बिदाई गर्दै नेता निधीले यस्तो बताएका हुन ।
लोसपालाई गठबन्धनमा ल्याउन यहाँले औपचारिक रुपमै प्रस्ताव गर्नु भयो त्यसो हुँदा तपाई र राजेन्द्र महतो मध्ये धनुषा ३ बाट चुनाव को लडने भन्ने विवाद हुदैन ? भन्ने एसपी खवरको प्रश्नमा निधीले भने, ‘मैले लडने निधो गरेको छु, महतो जी पनि मलाई यहाँ पराजित गर्नुभएको छ , वहाँ संग पनि सोध्नोस, तर के छ भने गठबन्धन पछि हामी छलफल गरि मिलेर जान्छौं’
निधीले अगावि निर्वाचन र गठबन्धनको विषयमा आफुले महतो संग भेटेरै कुराकानी गरेको समेत बताए । लोसपा गठबन्धन मात्र नभई सरकारमै पनि सहभागि हुनुपर्ने पक्षमा आफु र प्रधानमन्त्री देउवा समेत रहेको उनले बताए । उनले भने, ‘गठबन्धन भइसकेपछि म र महतो मध्ये चुनाव को लडने बारेमा एक अर्कालाई सहयोग गर्न सकिन्छ ।’ वडा अध्यक्ष साहले एक सय २ जना वडाका जयेष्ठ नागरिकलाई लिएर भारतको अयोध्या बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका छन् ।