एसपी खबर
जनकपुरधाम, साउन २०: संघ सरकारको शिक्षा, विज्ञान तथा प्रवृधि राज्यमन्त्री बोधमाया कुमारी यादवले विद्यालयभित्रमा राजनीति नगर्ने निर्देशन दिएको छ ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नं. २४ स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा राज्यमन्त्री यादवले विद्यालय शिक्षाको पवित्र मन्दिर हो । विद्यालयमा राजनीति रोग लागेमा सामाज मात्र होइन, मुलुक नै गलत बाटोमा डोर्याउन सक्छ, त्यसैले विद्यालयलाई विकृति र राजनीति रहित वातावरण निर्माणमा सधै रहन शिक्षक, शिक्षिका तथा शिक्षक संगठनहरुलाई आग्रहपूर्ण निर्देशन दिएका छन् ।
राणा शासनदेखि लोकतन्त्रसम्म शिक्षामा खासै परिवर्तन भएको छैन शिक्षा राज्यमन्त्री यादवले भनिन, ‘अहिलेपनि २०२८ सालकै शिक्षा लागू रहेको छ । नयाँ ऐन बन्न सकेको छैन । आफू धेरै प्रयास गरे, अहिलेपनि नयाँ शिक्षा ऐन ल्याउन प्रयासरत नै छौं, यसै दरमियानमा निर्वाचन पनि मंसिर ४ गते हुन लागेको छ । हेरौं आफ्नो प्रयास कतिको सफल हुन्छ ।’ विद्यालयको प्रशांसन गर्दै उनले यस विद्यालयको छात्रावासको व्यवस्थापनका लागि आफू सरकारसँग पहल गर्नेछु । डिपलोपा इन्जिनियरंग लगायतका लागि आफूसँग हुने सहयोग गर्ने नै छौं उनले भनिन । पाठ्यक्रम र पाठ्यपुस्तक समयमा तयार नहुँदा वा भूगोलमुखी तयार हुन नसक्दा शिक्षा प्रभावकारी हुन नसकेको भन्दै राज्यमन्त्री यादवले यसकालागि स्थानीय र प्रदेश सरकार पनि गम्भीर हुन आवश्यक रहेको बताएकी छन् ।
सोही वडाका वडा अध्यक्ष उपेन्द्र सहनीको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहा नगरपालिकाका पूर्व मेयर लालकिशोर साह, शिक्षक संगठनका अध्यक्ष, विद्यालयका पूर्व अध्यक्ष लगायतका व्यक्तिहरुले आफ्ना विचार व्यक्त गरेका छन् ।