एसपीरिपोर्टर जनकपुरधाम, साउन २०: चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा शुक्रबार सुकुम्वासीहरूले चुरी आन्दोलन गरेको हो । जनकपुरधामको कुवाबजारबाट निस्किएको जुलुसमा सहभागीहरूले नगरका विभिन्न ठाउँको परिक्रमा गरी मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सुकुम्बासी समस्या समाधानमा मधेश सरकारले केही गर्न नसकेको भन्दै सुकुम्बासी महिलाहरूले चुडी, साडी, पेटिकोट र ब्लाउज मधेश भवनतर्फ फ्याकेका थिए। सुकुम्वासीका लागि केही गर्न नसक्ने मधेश सरकारने चुरी लगाएर बस्नुपर्ने उनीहरूले बताएका छन् । प्रदर्शनमा सहभागी समाजसेवी सरोज रायले पनि प्रदेश सरकार केही गर्न नसकेपछि सुकुम्बासी महिलाहरूले प्रदेश सरकारका मन्त्रीहरूका लागि चुरी लिएर आएको बताउनुभयो।सुकुम्बासीको समस्या तत्काल सम्बोधन नभए मधेश प्रदेशका मन्त्रीहरूको घर-घरमा चुडी पुन्याउने आन्दोलनको नेतृत्व गरेका अभियानका संयोजक सुनिलकुमार यादवले चेतावनी दिनुभयो। आफूहरूलो ९ औं दिनसम्म रिले अनशन गर्दासमेत प्रदेश सरकारले वेवास्तागरेपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपरेको यादवले बताउनुभयो।त्यस्तै, साउन २२ गते सुकम्वासी बालबालिकालाई सडकमा उतार्न पनि अभियानका संयोजक यादवरोचेतावनी दिनुभएको छ । यसअधि साउन १५ गते अभियानको नेतृत्वमा मधेश प्रदेशका सुकुम्बासीहरूले मुख्यमन्त्री कार्यालयअगाडि सुतेर विरोध जनाएका थिए। उनीहरूले चुरे वन जंगल संरक्षण र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हक अधिकारका लागि आन्दोलन गर्दै आएका छन्। वर्षादेखि भूमिहीन रहेका आफूहरूका समस्या समाधानमा राज्यले चासो नदेखाएको पनि उनीहरूको गुनासो छ सुकुम्बासीलाई जमिन वितरण गर्ने कार्यमा राज्यले विभेद गर्दै आएको पनि उनीहरूको आरोप छ उनीहरूले भूमि अधिकारसंगे वन क्षेत्र अतिक्रमणलगायत विषयमा पनि आवाज उठाउदै आएका छन्। सिरहाको डिभिजन वन कार्यालय प्रमुख सुवास दास भ्रष्टाचार गरेको आरोप लगाउदै छानविन गर्न रोसरहा चोहर्वाको मारुती सिमेन्ट उद्योगलाई ३ बिघा ३ कठ्ठा जग्गा अवैध तरिकाले दिएको घटना छानविन सहितका माग पनि अभियानले गर्दै आएको छ । मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग मिति २०७८ भदौ ४ गते सम्झौता गरेको थियो।