एसपी रिपोर्टर
जनकपुरधाम, साउन १९ : कार्यवाहक कांग्रेस जनकपुरधाम नगरसभापती राकेश विक्रम साहको अध्यक्षतामा भएको कांग्रेस जनकपुरधामको बैठकले पुन: नगरसभापतीमा मनोज कुमार साहलाई सिफारिस गरेको छ । साह जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका हुन । त्यस अघि उनी नेपाली कांग्रेस जनकपुरधामका नगर सभापती थिए ।
निर्वाचनको पुर्व सन्धयामा कांग्रेसले जनकपुरधामको मेयरमा दावी छाडेपछि पार्टी परित्याग गरि साह घण्टाघर छापबाट उम्मेदवार भई मेयरमा चुनाव जितेका हुन । जनकपुरधामका भएको उपमहानगर समितिको बैठकले अगामि निर्वाचनहरुमा साहको आवश्यकता रहेको भन्दै पुन: पार्टीको पुर्ववर्ती जिम्मेवारीका लागि प्रदेश र केन्द्रिय समितिलाई सिफारिस गरेको छ ।
सो नगर कार्यसमितिको बैठकमा साहलाई बोलाएर सम्मान समेत गरिएको छ । कार्यवाहक अध्यक्ष राकेशले अगामि प्रदेश र संघिय चुनावमा मेयर साहको भुमिका पार्टीका लागि अहम हुने भएकाले सो निर्णय गरिएको बताए । कार्यक्रममा मेयर साहले कांग्रेसलाई अझै मजबुत बनाएर लैजानुपर्ने बताएका छन् । उनले कांग्रेस बचाउनका लागि आफुले उम्मेदवारी दिएको दावी गरेका छन् । उनले निर्णयका लागि कांग्रेसलाई धन्यवाद भनेका छन् ।
जनकपुरधाममा पाँच दलिय गठबन्धन संकटमा पर्ने
प्रदेश र केन्द्रले चाहे जनकपुरधामका मेयर साह पुन: नेपाली कांग्रेस फर्किने भएपनि त्यसले पाँच दलिय गठबन्धनमा भने विद्रोह उत्पन्न हुने छ । गठबन्धनबाट जनकपुरधामको मेयरमा उम्मेदवार भई नराम्रो तरिकाले पराजित भएपछि जसपा असन्तुष्ट बनेको छ । हुन त गठबन्धनमा पनि कांग्रेस बाहेकको थउ एक उप गबन्धन निर्माणको पनि चर्चा चलिनै रहेको छ तर अगामि निर्वाचनमा भने जनकपुरधाम र यस क्षेत्रमा कांग्रेस-जसपाको सम्बन्ध चिसिएको छ ।
जसपाका एक नेताले गठबन्धनमा धोका भएको भन्दै धोकाको विषयमा छलफल र ठोस पहलकदमी नेताहरुले लिनु पर्ने नभए गठबन्धनमा एकता देखाउने जिम्मा आफुहरुको मात्र नभएको बताउछन् । गठबन्धनका अन्य घटक माओवादी र नेकपा एस मौन बसेका छन् । गठबन्धनको मुख्य घटक कांग्रेस र जसपाको बिबाद बढदै गएपछि धनुषामा गठबन्धनमा पुन: धोका हुने देखिन्छ ।