एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ : मारवाडी समुदायकी महिलाहरुले धुमधामका साथ सिंधारा दुज तिज महोत्सव मनाएकी छन् । मारवाडी महिला मञ्च जनकपुरधामको आयोजनामामा मारवाडी सेवा समितिको सभाहलमा एक विशेष समारोहको आयोजना गरि समुदायकी महिलाहरुले विधि पुर्वक तथा परम्परागत नाचगान गर्दै हर्षोल्लासका साथ सिंधारा दुज तिज महोत्सव मनाएकी हुन ।
मारवाडी अगुवा महिलाहरुका अनुसार भारतको राजस्थानबाट आएको यो परम्परागत पर्वमा खानपान र नाचगान गरि ठुलाबडाले आफु भन्दा कनिष्ठ छोरीबुहारीलाई आर्शिवाद र उपहार दिने गर्दछ । शिव र पार्वतीको पुजा आराधना गर्दै श्रावणको तिजलाई हरियाली जितको रुपमा मनाउने गरिएको उनीहरु बताउछन् ।
नेपालीकी हिन्दु नारीहरुले नयाँ रंगविरंगी कपडा सहित मनाइने तिज पर्व जस्तै मारवाडी समुदायकी महिलाहरु यस पर्वलाई मनाउने गर्छिन । कार्यक्रममा रातो, हरियो सोडी सुट, चुरापोते र हातमा मेहंदी सहित आकर्षक श्रृङ्गारमा सजिएकी समुदायकी महिलाहरु सामुहिक रुपमा नाचगान गर्दै पर्व मनाइरहेको दृश्य रोचक देखिएको छ ।
कार्यक्रममा राष्ट्रिय मारवाडी महिला मञ्चकी सचिव र मञ्च जनकपुरधामकी निवर्तमान अध्यक्ष बबिता सर्राफ, वर्तमान अध्यक्ष दिपा चौधरी, उपाध्यक्ष शारदा अग्रवाल, महासचिव रञ्जु रंगता अग्रवाल र सचिव सरिता दोकानिया सहित समुदायकी महिला अगुवाहरुको उपस्थिती थियो ।