एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ : वर्तमान राजनितिमा अवसरवादीहरुको यस्तो वर्चश्व छ कि पार्टी भित्र अहम योगदान र निरन्तर ईमान्दारिता पुर्वक सहभागितावालाहरु विस्तारै लोप र गौन हुदै गएका छन् । पार्टी भित्रैका र आगन्तुक अवसरवादीहरुको भिडमा जेनुन नेता कार्यक्रताहरुको अवस्था दयनिय बन्दै गएको छ ।
सय हजारलाई आफनो पैसाले भोज र रक्सी खुवाउन सक्ने व्यक्तिहरु नेता बनिरहेको छ भने पैसाको रवाफ नभएपनि पार्टीको विकल्प बारे कहिल्यै नसोचेका ईमान्दार समान्य व्यक्तित्वहरु पाखा लाग्दै गएका छन् । नेपाली कांग्रेस भित्रका एउटा समान्य पात्र हुन वरिष्ठ पत्रकार रामभरत साह । उनी जनआन्दोलनका जिउँदो शहिद हुन तर यो कुरा कुनै पनि कांग्रेसीले चर्चा गरिरहेको सुनिदैन । जबकी हाल ६३ वर्षको यो उमेरमा पनि साह नेपाली कांग्रेस र तिनका नेताहरुको राजनितिक र हरेक गतिविधीको तस्वीर र दृश्य समाजिक सञ्जालमा राखेर प्रचार प्रसार गरिरहेका हुन्छन् ।
वि.सं. २०१६ सालमा धनुषाको ईनर्वा (हालको धनुषा सबैला नगरपालिकाको वडा नं. ११) जन्मेका साह नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको सदस्यता २०३२ मा ग्रह्न गरे । २०३६ सालको विद्यार्थी आन्दोलनमा पहिलो पटक राज्यद्वारा पक्राउ परेका उनी एक साता थुनामा बसेपछि राजनितिक जोशका साथ अगाडि बढे । काठमाण्डौंमा पढदै गर्दा २०४२ सालको सत्याग्रह्मा पनि उनी पक्राउ परे ।
यति मात्र होइन हाल जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १० मा बस्दै आएका साह एतिहासिक जनआन्दोलन २०४६ मा चरम यातना सहेका छन् । उनलाई प्रहरीले मारेर अस्पतालमा फालेको उनी स्मझन्छन् । तीन वर्षको लामो उपचार पश्चात् बल्ल उनी हिड्न थालेका थिए । २०३५ साल देखि नै लेख रचना लेख्न थालेका उनी २०५१ साल देखि पत्र पत्रिकामा समाचार समेत लेख्न थालेर पत्रकारिताको सुरुवात गरेका हुन ।
प्रत्येक आन्दोलनमा पक्राउ, यातना सहेका उनलाई २०६२-०६३ को आन्दोलनमा देख्नेबित्तिकै गोली ठोक्ने लिखित आदेश र माओवादी सरहको ब्यवहार गर्ने तत्कालीन अञ्चल प्रशासक जनक जङ्गलीको उर्दी जारी भएपछि उनी एक महिना भूमिगत भएर बसेको स्मरण सुनाए । जनआन्दोलन पछि उनकै नेतृत्वमा जनआन्दोलन घाइते तथा पिडित संर्घष समितिको गठन भएर उपचार भइरहेकै बेला काठमाण्डौंको टिचिङ्ग अस्पतालमा सात दिन सम्म रिले अनसन भयो । आठौ दिन देखि आमरण अनसन बस्ने भएकाले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निर्देशकमा सरकारी प्रतिनिधीहरु वार्ता भइ घाइतेहरुको मांग सम्बोधन भएको थियो ।
संजोग कस्तो त्यसपछि गिरिजा प्रसाद कोइरालाको सरकार पनि बन्यो तर कोइराला नेतृत्वको सरकार मध्यावधी चुनावमा गएर त्यस पछि बनेको एमालेका महासचिव मनमोहन अधिकारी नेतृत्वमा बनेको सरकारले उनलाई जनआन्दोलनका जिउँदो शहिद घोषणा गरेको थियो । त्यस बेला केपि शर्मा ओली गृहमन्त्री थिए । नेपाली कांग्रेस प्रति एकदमै प्रतिवद्व उनी पैसाको चलखेल गर्न नसकेर ओझेलमा परेका पात्र जस्तै हुन । अहिले सम्म उनी पार्टीको नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रिय सदस्य, पार्टीको क्षेत्रीय प्रतिनिधी र केन्द्रिय निति आयोगको सदस्य भएर चित बुझाउनु परेको छ । २०४५ सालमा महेन्द्र विद्याभुषण सम्मानबाट साह विभुषित भएका थिए ।
चुनाव आउने वितिकै पैसा र पावरवालाको मात्र चर्चा
स्थानिय तहको निर्वाचनमा उनले कांग्रेसकै बागी तथा स्वतन्त्र उम्मेदवार भनिएका हालका जनकपुरधामका मेयर मनोज कुमार साहको पक्षमा खुलेर लागेका थिए । मनोजको पाँच वर्षे प्रतिपक्षी यात्रामा सहयात्री जस्तै खटेका उनको अगामि निर्वाचनमा जनकपुरधाम क्षेत्र धनुषा ३ को ‘ख’ बाट प्रदेश सांसद लडने इच्छा रहेको छ । तर पैसाहरुको बोलबाला र दबाबले पार्टी नेतृत्वले उनको मुल्याङ्कन कति को गर्न सक्छ ? भन्ने कुरा समयले मात्र बताउने छ । पटक पटक उनको विभिन्न गुनासो भएपनि उनले विमलेन्द्र निधीको विकल्प बारे कहिल्यै सोचेन । यस क्षेत्रको नेता भएकाले उनी गुटउपगुट भन्दा पनि निधी समुहमै लागि रहे ।
आसन्न प्रदेश र संघको निर्वाचनमा हाल रहेको पाँच दलिय गठबन्धन भए सो क्षेत्रमा प्रदेश तर्फको उम्मेदवार जसपाले पाउने सम्भावना छ । तर कांग्रेस गठबन्धनमा नगएको खण्डमा उनको उनले आफुले टिकट पाउनुपर्ने बताउछन् । सो क्षेत्रबाट उनी सहित कांग्रेसका हरिशंकर साह, संजिव साह टिका सहितकाले प्रदेश सांसदमा इच्छा जाहेर गरिरहेका छन् । हुन त उम्मेदवार बन्न काग्रेसमा दर्जनौको नाम छ तर साहले पार्टीले योगदानलाई मुल्याङ्कन गर्ने हो भने आफुले टिकट पाउने उनको तर्क छ ।