एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० : श्री जानकी मन्दिरको शौन्र्दकरण भन्दै करौडौं खर्च गरेर मन्दिरको प्राङ्गणमा लगाइएको टाइल्स मार्वल माथी नै पुन: फुतपात व्यवसायीहरु पसल थापेका छन् । सोमवार दर्शनालुहरुको भिडभाड बढेको मौका छोपी मन्दिर प्राङ्गणको बाहिरी सडक पेटीहरुमा यस अघि पसल थापेका व्यवसायीहरु जानकी मन्दिरकै प्राङ्गणमा एकाएक पसल सुरु गरेपछि मन्दिरको अस्तव्यस्तता पुन: बढने भएको छ ।
मन्दिर प्राङ्गणमा कस्ले भनेर पसल स्थान्तरण गर्नुभयो भन्ने प्रश्नमा व्यवसायीहरु उपमहानगरपालिकाले आफुहरुको व्यवसाय हटाउने सुनेपछि रोजीरोटीका लागि आफै मन्दिरको प्राङ्गणमा आएको बताउछन् । मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले पनि पसल थापेको विषयमा अनभिज्ञता प्रकट त गरे तर उनले यो मस्जिद नभई मन्दिर रहेकाले प्रसाद, फलफुल सहितको मन्दिरमा चढाउने सरसमानको पसल व्यवस्थित हुनुपर्ने बताउछन् ।
एता जनकपुरधाम उपमहानगरपालिकाले आफनो फेसबुक वालमा फुटपात पसलेलाई मन्दिर प्राङ्गणमा पसल थाप्न नभनेको स्पष्टीकरण दिएको छ । उपमहानगरपालिकाका प्रमुख मेयर मनोज कुमार साहले फुटपात व्यवासायीहरुको व्यवसाय मास्ने आफुहरुको कुनै योजना नरहेको भन्दै फुटपात व्यवसायीहरुमा परेको असर प्रति क्षमायाचना गर्दै छ महिना भित्र उनीहरुको व्यवसाय व्यवस्थित गरिने बताए ।
स्रोतका अनुसार सडक पेटीमा पसल गर्दै आएका फुटपात व्यवसायीहरुबाट बट्टी उठाउनेहरु र मन्दिरका महन्तको समेत मिलिभगतमा उनीहरुलाई मन्दिर प्राङ्गणमा पसल थाप्न दिइएको छ । कारण जे भएपनि शौन्दर्यकरणको नाउमा करौडौं खर्च गरि अहिले आएर सोहि स्थानमा फुटपात पसल सञ्चालनमा आउनुले मन्दिरको शौन्दर्यता र व्यवस्थापनमा चुनौती थपेको छ ।