एसपी रिपोर्टर
जनकपुरधाम, साउन ७ : जनकपुरधामको रामचौक स्थित श्री राम युवा कमिटीको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पदस्थापन भएको छ । शनिवार जनकपुरधाममा कमिटिको प्राङ्गणमा भएको कार्यक्रममा कमिटीका नवनिर्वाचित अध्यक्ष परमेश्वर प्रसाद साह, वरिष्ठ उपाध्यक्ष अजयकुमार ठाकुर, उपाध्यक्ष उपेन्द्र भण्डारी, महासचिव पंकजकुमार आजाद, सचिव लालबाबु प्रसाद साह र कोषाध्यक्ष विष्णुदेव प्रसाद द्वारा सपथ ग्रहण गरिएको छ ।
त्यसै गरि सदस्यहरुमा रविन्द्र ठाकुर, अभिषेककुमार ठाकुर, लोकेश्वर झा, अमर ठाकुर, प्रकाश ठाकुर र सुदीप भण्डारी सपथ ग्रहण गरेका छन् । उनीहरुलाई कमिटीका निर्वाचन प्रमुख उमेश साह सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले जनकपुरधामका युवाहरु रचनात्मक कामका लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा मधेश प्रदेशका सांसद परमेश्वर साह, जनकपुरधामका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, जानकी मन्दिरका सहायक महन्त रामरोशन दास, राम मन्दिरका महन्त राम गिरी, कमिटीका निवर्तमान अध्यक्ष तथा पदेन सदस्य उपेन्द ठाकुर, पूर्वअध्यक्ष प्रमोद चौधरी लगायतको सहभागी थियो ।