एसपी रिपोर्टर
जनकपुरधाम, साउन ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सदनबाट नागरिकताको समस्या सदाका लागि अन्त्य हुने आफुले भनेको कुरा आज सत्य भएको बताएका छन् । जनकपुरधाम विमानस्थलमा पत्रकारहरु संगको कुराकानीमा पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस अघि आफुले जनकपुरधाममै आउने सदनबाट बाउआमा नेपाली नागरिक भएकाको सन्तानलाई नागरिकता लिन अव कुनै समस्या नरहने गरि समस्या सामधान हुने भनेको कुरा आज सत्य सावित भएको बताए ।
नागरिकता विद्ययेक पारित भएपछि आज पुन: जनकपुरधामबाटै यो कुरा भन्न पाउँदा आफुलाई खुसी लागेको र मधेशको लागि समेत खुसीको कुरा भएको उनले बताए । उनले बामगठबन्धन र समाजवादी केन्द्र सुन्दा मात्र फरक रहेपनि दुवै कुरा एउटै रहेको बताए । बाम गठबन्धन नै समाजवादी केन्द्र हुने बताउदै उनले डा.बाबुराम भट्टराई मात्र नभई सो एकतामा उपेन्द्र यादवको जसपा पनि समावेश हुन सक्ने बताएका छन् ।
डा.भट्टराई एकतामा आउन प्रतिवद्व रहेको र यादवसंग पनि कुराकानी भइरहेको उनको तर्क छ । दिल्लीमा आरजु र आफनो भेट संयोग मात्र रहेको उनले दावी गरे । राजदुतले नास्ताका लागि दुवैजनालाई बोलाएकाले मात्र आफुहरुको भेट भएको र भेटमा कुनै पनि राजनितिक कुराकानी नभएको उनले दावी गरेका छन् । मोदीले त्यसै कारण भेट नदिएको भनि भएको प्रचार अपराधिक कुप्रचार रहेको उनको टिप्पनी छ ।