एसपी रिपोर्टर
जनकपुरधाम, साउन ६ : कस्तो संजोग छ ? जनकपुरधामका मेयर मनोज कुमार साह घण्टाघर चुनाव चिन्ह लिएर यसअघि साइकल छापबाटै जनकपुरधामको मेयरमा जितेकालाई पराजित गरेका छन तर आज ईन्धनको कम प्रयोग गर्नुपर्ने जनचेतनाका लागि उनी पुन: साइकलकै साहारा लिनु परेको छ । हुन त कुनैपनि पार्टीको चुनाव चिन्ह साइकल र मेयर साहले प्रयोग गर्न थालेको साइकलको प्रसंग एक अर्का संग कुनै मेल खादैन तर साइकलले चुनाव जितेकाले चढन नमानेको साइकलको प्रयोग वर्तमान मेयर साहले भने गरेका छन्
करिव तिन दशक सम्मको नेपाली कांग्रेसमा आवद्वता हुदा हुदै पनि पार्टीको रुख चिन्हबाट चुनाव जित्ने अवसर गुमाएका उनले छ महिना भित्र जनकपुरधामको फोहर र ट्राफिक व्यवस्थापन गरिसक्ने बताएका छन् । हरेक सप्ताहको शुक्रवार मेयर, उपमेयर र हाकिम सहित उपमहानगरपालिकाका सम्पुर्ण कर्मचारी र सदस्यहरु साइकलले कार्यालय आउने निर्णय गरेकाले उनीहरु शुक्रवार साइकल चढेका हुन । इन्धनमा महंगाई बढेकाले इन्धनको प्रयोग घटाउन, पर्यावरण स्वच्छ राख्न र स्वास्थ्यका लागि समेत उत्तम हुने भएकाले यस्तो निर्णय गरिएको मेयर साह बताउछन् ।
साइकल प्रदर्शनीले जनकपुरधामको सर्वसाधारणमा पनि साइकलको प्रयोग बढने जस्ले इन्धनको मांग केहि भएपनि कम भई सवारीसाधनको चापमा कमि आएर बायु प्रदुषण समेत कम हुने उपमहानगरको ध्येय छ । यस उपाईले बिदा पनि भएन, इन्धन पनि बच्यो र पर्यावरण तथा वातावरण पनि एक दिन स्वच्छ रहने भयो उपमहानगरपालिकाका उपमेयर किशोरी साहले भने ।