एसपी रिपोर्टर
जनकपुरधाम, साउन ४ : चुरे तथा वन जंगल संरक्षण अभियानले आजबाट जनकपुरधाममा अनिश्चितकालिन रिले अनशन थालेको छ ।चुरे वन जंगल संरक्षण सम्बद्र्धनका निम्ती र भूमिहिन दलीत सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको हक अधिकारका निम्ती अभियानले आजबाट जनककपुरधामस्थित जनक चौकमा अनिश्चितकालिन रिले अनशन थालेको छ ।
सरकारले भूमीहिनको नाममा दिएको जग्गा, पहुँचवाला र नक्कली भूमीहिनले प्राप्त गर्दै आएको गुनासो अभियानका संयोजक सुनिल यादवले बताए । तराईको लाइफ लाइन मानिने चुरेको नाममा समेत करोडौको रकम सरकारले खर्च गर्दै आएता पनि चुरे तथा तराई मधेसका वन जंगल संरक्षण हुनुको साटो पैसा र पहुँचवालाले कब्जा गरेर निजी स्वार्थको लागि उपभोग गर्दै आएको यादवले आरोप लगाएका छन ।
आफूहरुले राखेको मांग पूरा नभए आगामि दिनमा आमरण अनशनमा बस्न बाध्य हुने यादवले चेतावनी दिएका छन । अभियानले विगतमा आमरण अनशनमा बस्दा प्रदेश सरकारले मांग पूरा गर्ने आश्वासन दिएको थिए । तर मांग पूरा नभएको संयोजक यादवको आरोप छ ।